ज्यामिरे । ज्यामिरे युवा क्लब चैनपुरको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य परीक्षण भएको छ । श्री पुष्पाञ्जली हस्पिटल प्रालि भरतपुर र मेगा पोलिटेक्निक पर्साको प्राविधिक सहयोगमा शिविर भएको थियो ।
कंकाली मावि चैनपुरको परिसरमा सम्पन्न कार्यक्रममा २५० जनाको सामान्य स्वास्थ्य परीक्षण र १५० जनाको मधुमेह परीक्षण गरिएको थियो । जसमध्ये ५० जनमा मधुमेह देखिएको उपचारमा संलग्न डा. शशांक सिंहले बताए ।
शिविरमा बोल्दै क्लबका अध्यक्ष धु्रव सापकोटाले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि शिविर उपलब्धिपूर्ण भएको बताए ।
श्री पुष्पाञ्जली हस्पिटल प्रालि भरतपुरका फिजिसियन डा. भोजराज अधिकारीको नेतृत्वमा पुगेको चिकित्सकहरुको टोलीले उपचार गरेको थियो । शिविरमा जाँच गरिएका बिरामीलाई पुष्पाञ्जली हस्पिटलमा २० प्रतिशत छुट रहेको कार्यक्रम संयोजक गोपालप्रसाद पौडेलले बताए ।
Discussion about this post