क्षेत्रपुर । रामेश्वर पुस्तकालय तथा वाचनालयअन्तर्गत सञ्चालित ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.क्षेत्रपुरको आयोजनामा देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रम देवघाट तनहुँमा आश्रित २९ जना वृद्धवृद्धाहरुलाई बिहानको विशेष भोजन व्यवस्था गरी वृद्धवृद्धा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष शशी श्रेष्ठको सभापतित्व र आश्रमका कार्यकारी निर्देशक जयकृष्ण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजन संस्थाका कार्यसमिति सदस्य अनिता भट्टराईले गर्नुभएको थियो ।
Discussion about this post