खैरहनी । मगनी टोल सुधार समिति खैरहनी चितवनको तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले दुर्गा घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा लेखबहादुर पुन, सचिवमा अस्मिता सेढाई, सहसचिवमा रामु कँडेल, यसैगरी कोषाध्यक्षमा रविना अधिकारी र सदस्यहरुमा प्रेम जोशी, भीम पुन, गोर्कण थपलिया, मिरा आले, अमृत मल्ल र राममाया सापकोटा चयन हुनु भएको नवनिर्वाचित उपाध्यक्ष लेखबहादुर पुनले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका प्रमुख संरक्षक एवम् नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया, कानुनी सल्लाहकार अधिवक्ता कमलराज पाठक, दुर्गा घिमिरेलगायतले बोल्नु भएको थियो । कार्यक्रम टोल सुधार समितिका निर्वतमान अध्यक्ष शंकर उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post