भरतपुर । नेपाल निजामति कर्मचारी युनियनको छैटाँै राष्ट्रिय महाधिवेशन वैशाख २८ गतेदेखि चितवनमा हुने भएको छ ।
महाधिवेशनमा देशभरका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजारजना सहभागी हुने युनियन चितवनका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो । रत्ननगरको होटल स्टार बैंकेटमा हुने महाधिवेशन वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने छ । पूर्वीचितवनको रत्ननगरमा हुने महाधिवेशनले नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछ ।
यसअघि ७५ सदस्यीय रहेको युनियनको कार्यसमिति विधान संशोधनपछि केही संख्या बढाइएको पराजुलीले बताउनुभयो । महाधिवेशनको २८ गते प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम तय भएको पराजुलीले जानकारी दिनुभयो ।
महाधिवेशनमा चितवनबाट पाँच जना प्रतिनिधिहरु सहभागी हुनेछन् । प्रतिनिधी चयनका लागि शुक्रबार मतदान भएको थियो ।
्मतदानबाट राजेन्द्र मैनाली, नोदना लामिछाने, नन्दा पौडेल, लीलाधर अर्याल र रामभद्र पण्डित केन्द्रीय प्रतिनिधिका लागि चयन भएका हुन् । युनियनको जिल्ला अधिवेशनले शुक्रबार कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।
Discussion about this post