नेपाली क्रिकेट टिमको सफलता चुलिँदै गएको छ । नेपालले एसीसी प्रिमियर लिगमा शुक्रबार पनि आयोजक राष्ट्र मलेसियालाई पाँच विकेटले हराउँदै विजय अभियान जारी राखेको छ । मलेसियामा बिहीबार भएको पहिलो खेलमा पनि वान–डे मान्यता प्राप्त संयुक्त अरब इमिरेट्स
(यूएई) लाई चार विकेटले हराउँदै विजयी सुरूवात गरेको थियो । गत वर्ष न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा नेपालले यूएईसँग बेहोरेको हारको जवाफ दिन सफल भएको छ । नेपालले लगातार दोस्रो जित हासिल गरेर आउँदो डिसेम्बरमा युएईमा हुने एसीसी च्याम्पियनसिपमा छानिने सम्भावनालाई पनि बलियो बनाएको छ । एसियाली क्रिकेट परिषद्ले पहिलो पटक गर्न लागेको दुई दिवसीय एसीसी च्याम्पियनसिपमा जारी प्रिमियर लिगका चार टिम छनोट
हुनेछन् । नेपालले आज आइतबार तेस्रो खेलअन्तर्गत ओमानसँग खेल्ने छ । त्यसपछिको खेल सोमबार हङकङ र बुधबार अफगानिस्तानसँग हुँदैछ ।
एसीसी प्रिमियर लिगमा ओमान र अफगानिस्तानले पनि लगातार दोस्रो जित हासिल गरेका छन् । ओमानविरूद्ध जित हासिल गर्न सके नेपालको विजय सुनिश्चितजस्तै देखिएको छ । सन् २०१२ मा विश्व ट्वान्टी–२० छनोट प्रतियोगितामा महबुब आलमले कमजोर प्रदर्शन गरेका थिए । त्यसलगत्तै हटाइएका आलमले तीन वर्ष क्रिकेट टिमबाट विमुख भए । तर, राष्ट्रिय टिममा पुनरागमनसँगै अलराउन्डर महबुबले नेपालबाट खेलेको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले मलेसियाविरूद्ध एक विकेटसहित आठ चौकाको साथमा ५३ रन
जोडे । उनकै अर्धशतक रन नै नेपाललाई जिताउन मह¤वपूर्ण बन्यो । उनले युएईविरूद्ध पनि आठ ओभरमा २१ रनमात्र खर्चेर तीन विकेट लिएका थिए । अर्का कुशल बलर सोमपाल कामी एक्लैले सर्वाधिक पाँच विकेट लिएर खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्न सफल भए ।
न्युजिल्यान्डमा भएको वान–डे विश्वकप छनोटमा नेपालले खराब प्रदर्शन गरी नबौँ स्थानमा रहेको थियो । प्रतियोगी राष्ट्रमध्ये अफगानिस्तान, यूएई र हङकङले वान–डे टिमको मान्यता पाइसकेका छन् । जसमध्ये अफगानिस्तान र यूएई सन् २०१५ मा न्युजिल्यान्ड र अस्ट्रेलियामा हुने आईसीसी वान–डे विश्वकपमा स्थान पक्का गरिसकेका छन् । विश्वकपको तयारीमा रहेका राष्ट्रविरूद्ध जारी सफलताले नेपाली खेलाडीको मनोबल पनि उच्च हुने अपेक्षा गरिएको छ । बंगलादेशमा सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले त्यसयता वान–डेमा पनि राम्रो लय समातेको
छ । नेपालसँगै अफगानिस्तान र ओमानले आफ्ना दुवै खेलमा जित हासिल गरे पनि मलेसिया र वान–डे मान्यता पाएका यूएई र हङकङले कुनै खेलमा पनि सफलता प्राप्त गरेका छैनन् । नेपाली टिमका लागि एसियाली टेस्ट नखेल्ने राष्ट्रबीच आफ्नो वर्चस्व कायम गर्ने अवसर मिलेको छ ।
Discussion about this post