ADVERTISEMENT
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राम्रो भविष्यका लागि प्रेस स्वतन्त्रता

by चितवन पोष्ट
२०७१ बैशाख २१, आईतवार ०२:०२ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

एकराज पाठक
काठमाडौँ । सूचना सम्प्रेषण र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा कार्यरत विश्वका लाखौँ पत्रकारहरुले हिजो
(मे ३) का दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाए ।
उनीहरुले आ–आफ्नो पेसागत हकहितको संरक्षण र सम्वद्र्धनका लागि एकताबद्ध हुन आह्वान् गर्दै यो दिनलाई विगत दुई दशकभन्दा लामो समयदेखि प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउदै आएका हुन् । यस वर्ष युनेस्कोले तय गरेको राम्रो र सुनिश्चित भविष्यका लागि प्रेस स्वतन्त्रता भन्ने नारामा विश्वका सञ्चारकर्मीहरु गोलबद्ध भएका छन् ।
सन १९९३ मा युनेस्कोको महासभाले पारित गरेपछि विश्वमा मनाउँदै आइएको विश्व प्रेस स्वतन्त्रता दिवस यस वर्ष मे ३ का दिन विश्वका सञ्चारकर्मीले आ–आफ्ना पेसागत हकहितका कुरा गरेर मनाएका छन् ।
विशेषगरी, विश्वमा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यतालाई आत्मसात् गर्न र हरेक नागरिकले आफूले विचार बनाउन पाउने, त्यो विचार र आफ्ना अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्न पाउने र बिनाकुनै अवरोध जुनसुकै माध्यमद्वारा प्रसार गर्न पाउने दफा १९ को अवधारणा नै प्रेस स्वतन्त्रताको मर्म र मान्यता हो ।
संयुक्त राष्ट्रसंघको स्थापनाको तीन वर्षपछि सन १९४८ मा राष्ट्रसंघको महासभाद्वारा पारित विश्व मानवअधिकार घोषणापत्रको दफा १९ मा गरिएको व्यवस्थाले नै विश्वमा प्रेस स्वतन्त्रताको सुनिश्चिततालाई उजागर गरेको हो ।
सन १९९१ को अप्रिल २९ देखि मे ३ सम्म अफ्रिकी देश नामिवियाको विन्डहकमा अफ्रिकी देशका पत्रपत्रिकाका सम्पादकहरुले आयोजना गरेको प्रेस स्वतन्त्रता सम्मेलनले पारित गरेको पाँच बुँदे घोषणापत्र नै अहिलेको विश्व प्रेस स्वतन्त्रता दिवसको उद्भव हो ।
विन्डहक घोषणा नाम दिइएको सो घोषणापत्रले विशेषगरी प्रेस स्वतन्त्रता, प्रेसको स्वतन्त्र अडान, प्रेसमा बहुलवादी अवधारणा, सहभागितामूलक प्रजातन्त्र र समाचार एवं लेखकीय स्वतन्त्रताजस्ता आधारभूत पाँच सिद्धान्तलाई अघि सारेको थियो ।
प्रजातान्त्रिक शासन व्यवस्था र नागरिक स्वतन्त्रताको अभाव झेलिरहेका अफ्रिकी नागरिकलाई यसबाट मुक्ति दिलाई प्रेस स्वतन्त्रताको माध्यमबाट नागरिक अधिकार स्थापित गराउने पहलस्वरुप अफ्रिकी राष्ट्रका सम्पादकहरुको यस प्रयासले नै पछि विश्व प्रेस स्वतन्त्रताको रुप लियो ।
विशेषगरी, सन १९८० को दशकमा अफ्रिकी प्रेस पूरै राजनीतिक दमनबाट पीडित थियो । यही दबदबाबाट प्रेस क्षेत्रलाई मुक्ति दिन त्यहाँका पत्रकारहरुले यस अभियानको थालनी गरेका थिए ।
सन् १९९३ मा बसेको युनेस्कोको महासभाले यही घोषणापत्रको मर्मलाई पारित ग¥यो र सो घोषणापत्र पारित भएको दिन मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउन अनुमोदन भएको हो ।
यस दिन विश्वका सञ्चारकर्मीले आफ्ना व्यावसायिक समस्या र कानुनी सुनिश्चतताका विषयलाई बुलन्द गर्ने गर्छन् । आ–आफ्ना देशका सरकारलाई आफ्ना हकहितका विषयमा विश्वका पत्रकारहरुले यस दिन घच्घच्याउने गर्छन् ।
विन्डहक घोषणापत्रले प्रेस स्वतन्त्रताका लागि प्रजातान्त्रिक शासन व्यवस्था र बहुलवादको अवधारणाको आधारभूत मान्यता अघि सारेको छ, त्यही आधारभूमिमा विगतदेखिका विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकारका पक्षमा वकालत गरिएको छ ।
यस वर्ष युनेस्कोले राखेको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘राम्रो भविष्यका लागि प्रेस स्वतन्त्रता’ कुनै एक देशका लागि मात्र नभएर विश्वका लागि हो । त्यसैले, यस नाराले विश्वमा प्रेस स्वतन्त्रताको अवस्थालाई अझै दरिलो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
विश्वका पत्रकारले प्रेस स्वतन्त्रताको माग गरी यस दिवस मनाइरहँदा उनीहरु कार्यस्थलमै हुने हत्याहिंसाको मारबाट पीडित बनिरहेका छन् । पत्रकारको हत्याको शृङ्खला रोकिएको छैन र उनीहरु बन्दुकको ताकमा बसेर काम गर्नुपर्ने अवस्था रहिआएको छ ।
पाकिस्तानको एक प्रसिद्ध टेलिभिजन च्यानलमा चर्चित कार्यक्रम प्रस्तोता हमिद मिरमाथि गत शनिबार कराचीमा गोली प्रहार भयो । तीन पटकसम्म गोली लाग्यो र हाल
उहाँ अस्पतालमा उपचार गराइरहनुभएको छ ।
टिभीमा कार्यक्रम प्रस्तुत गरी घर फर्किरहेका पत्रकार मिरमाथि सो हमला भएको थियो भने उहाँ हाल जीवितै हुनुहुन्छ । उहाँमाथि पटकपटक यस्ता हत्या प्रयास भएका थिए ।
पाकिस्तानलाई पनि विश्वमा पत्रकारका लागि सबैभन्दा बढी असुरक्षित वा खतरापूर्ण देशका रुपमा लिइन्छ । त्यहाँ हरेक वर्ष पत्रकारको हत्या हुने गरेको छ । प्राप्त एक समाचारअनुसार पाकिस्तानमा सन् २००१ देखि अहिलेसम्म कम्तीमा पनि ५० जना पत्रकारको ज्यान गएको छ ।
दक्षिण एसियामा पाकिस्तानजस्तै अफगानिस्तान पनि पत्रकार असुरक्षित हुने देशका रुपमा रहिआएको छ । त्यहाँ पनि गत महिना मात्र पत्रकारिता जगत्मा विश्वकै सबैभन्दा प्रतिष्ठित मानिने पुरस्कार पुलित्जर पुरस्कार प्राप्त एक महिला पत्रकारको हत्या भएको थियो ।
यी दुई त उदाहरण हुन् । विश्वमा यसरी कयौँ देशमा पत्रकार मारिएका छन् । तीन वर्षभन्दा लामो समयदेखि हिंसात्मक आन्दोलन जारी रहेको सिरिया पनि पत्रकारका लागि असुरक्षित देश हो । त्यहाँ बर्षेनि कयौँ पत्रकार मारिएका छन् ।
विश्व पत्रकारितासम्बन्धी संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले दिएको जानकारीअनुसार सन् २०१३ मा मात्र कम्तीमा पनि ७० जना पत्रकारको हत्या भएको छ । तीमध्ये आन्दोलन सुरू भएयता तीन वर्षमा सिरियामा मात्र २९ जना पत्रकार मारिएका छन् ।
त्यसैगरी, इराक पनि पत्रकारका लागि अर्काे असुरक्षित भूमि हो । त्यहाँ सन् २०१३ मा १० जना पत्रकारको हत्या भएको छ । त्यस्तै, ६ जना पत्रकार इजिप्टमा मारिएका छन् भने दक्षिण एसियाली राष्ट्रमध्ये पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का पनि पत्रकारहरुका लागि असुरक्षित भूमि बनेका छन् ।
सो संस्थाको प्रतिवेदनअनुसार सन् २०१२ मा पनि विश्वमा ७६ जना पत्रकार मारिएका थिए । उनीहरु पनि काम गर्ने क्रममा नै विभिन्न पक्षको तारो बनेका थिए । त्योभन्दा अघिल्लो वर्ष अर्थात सन् २०११ मा विश्वमा १०३ जना पत्रकार कार्यसम्पादनकै सिलसिलामा मारिएका थिए । एसियामा १७ पत्रकार मारिएका थिए भने सो वर्ष दक्षिण एसियामा सबैभन्दा बढी पाकिस्तानमा छजना पत्रकार मारिएका थिए ।
पत्रकारमाथि धाकधम्की र हत्याका कारण देशको भूराजनीतिक परिस्थिति र व्यवस्था अनुरूप फरकफरक हुने गर्छन् । त्यसैले फरक भौगोलिक, राजनीतिक, धार्मिक र सांस्कृतिक बनावट भएर विश्वका विभिन्न राष्ट्रको पत्रकारिता प्रतिदिन चुनौतीपूर्ण बनेको छ र चूनौती पनि फरकफरक रूपमा देखिने गरेका छन् । तर प्रेस स्वतन्त्रता नै सबैभन्दा राम्रो भविष्यको औजार हो भन्ने बारेमा विश्वले बुझ्नु जरुरी छ । रासस

Related Posts

नेपालमा चुनौतीपूर्ण बन्दै चरा संरक्षण

नेपालमा चुनौतीपूर्ण बन्दै चरा संरक्षण

आधुनिक समाजवादको अपेक्षा

आधुनिक समाजवादको अपेक्षा

धर्म जीवनको खोज हो

तपाईंको सबैभन्दा ठूलो क्षमता !

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In