काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २४औँ महाधिवेशनका पदाधिकारी तथा सदस्य उम्मेदवारले पत्रकारिता अध्ययन हुने नेपालकै जेठो रत्नराज्य लक्ष्मी क्याम्पस पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीसँग शुक्रबार पत्रकारिता क्षेत्रको शैक्षिक, भौतिक तथा व्यावसायिक समस्याबारे जानकारी लिएका छन् ।
महासङ्घमा हाल सचिवसमेत रहनुभएका महासचिव पदका उम्मेदवार जगत नेपाल, केन्द्रीय सदस्यका उम्मेदवार विजयराज अधिकारी, नारायण अर्याल, माधव दुलाललगायतको टोलीलाई पत्रकारिताका विद्यार्थीले नेपाली पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन महासङ्घमा व्यावसायिक पत्रकारले नेतृत्व लिनुपर्ने, पत्रकारिता अध्ययन गरेका र व्यावसायिक पत्रकारलाई मात्र सदस्यता वितरण गरिनुपर्ने, पत्रकारिता जगतको विकृति हटाई शुद्धीकरण गरिनुपर्नेलगायत माग तथा सुझाव दिएका थिए ।
विद्यार्थीको जिज्ञासालाई सम्बोधन गर्दै महासचिवका उम्मेदवार नेपालले पत्रकारिताभित्रका विकृतिलाई सुधार गर्न सही व्यक्तिले नेतृत्व लिन जरुरी छ भन्दै दलगत गुटबन्दीले महासङ्घमा समस्या आएको र व्यावसायिक पत्रकार बाहिरै रहेकाले यसमा सुधार गरिनुपर्ने औँल्याउनुभयो । सदस्यका उम्मेदवार अधिकारी, अर्याल र दुलालले पत्रकारिता उद्योगका रूपमा फस्टाउन नसक्नु र पत्रकारिता पेसालाई व्यावसायीकरण गर्न नसकेकै कारण समस्या आएको हो भन्दै पत्रकारिताको प्रतिष्ठा र मर्यादालाई कायम
गर्नु महासङ्घको चुनौती भएको बताउनुभयो । रासस
Discussion about this post