मोटरसाइकल दुर्घटनामा मृत्यु

अन‌ि यो पनि

हेटौंडा । , २७ साउन (रासस) । हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घर भई हेटौँडा उपमहानगरपालिका–११ बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

हेटौँडा –११ थाना भ¥याङ सडकमा रोकिराखिएको बा ९७ प ५४१३ नम्बरको ट्रकमा गए राति हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५६७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

अत्यधिक गतिमा मोटरसाइकल चलाएकाले दुर्घटना भएको हुन सक्ने र मोटरसाइकलको पछाडि बस्ने २४ वर्षीय सुनिल सुनार सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया