अनुवादक : टीकाराम रेग्मी
मेरा प्रिय शिक्षकहरु,
यस्तो लाग्छ, तपाईंहरुलाई मेरी छोरीलाई बुझ्न कठिन छ । उनको जवाफदेही बाबु जसले उनको प्रगति र कमजोरीहरु राम्ररी देख्न सक्ने भएका नाताले तपाईंले गत एक वर्षको अवधिमा प्रत्यक्ष वा परोक्ष रुपमा मेरी छोरीतिर त्रासपूर्ण किसिमले तेस्र्याउनु भएकामध्ये केही प्रश्नहरुको जवाफ दिने कोसिस
गर्दैछु । मैले सुरू गर्नुअघि म तपाईंलाई स्मरण गराउन चाहन्छु– हुन सक्छ, मेरी छोरीमा बेहोसीपूर्ण केही समस्याहरु छन् र तपाईंका प्रिय विद्यार्थीहरुको तुलनामा मेरी छोरी कम प्राथमिकतामा परिन् । तर, हरेक बालक विशेष हुन्छ र तिनीहरुसँग संसारलाई दिनका लागि आफ्नै बौद्धिकता हुन्छ । हाम्रो कर्तव्य त ती बौद्धिकतालाई उजागर गर्न ती बालकलाई सहयोग पु¥याउनु र तिनीहरुलाई आफ्नै निजत्व विकास गर्न प्रेरणा प्रदान गर्नु हो । हामी तिनीहरुसग सधैभरि सहमत हुनैपर्छ भन्ने छैन, तर उनीहरुलाई सामान्य हेरचाहले यो बुझ्न सक्ने बनाउने र सहयोगले उनीहरुलाई आफ्नै धारणा व्यक्त गर्न सक्ने आत्मविश्वास प्रदान गर्न सक्छौँ ।
तपाईंलाई समस्या भएछ, किन मेरी छोरी धेरै हास्छे ! कृपया, मलाई यहा“ उल्लेख गर्ने अनुमति दिनोस् कि अहिले उनको अभागी बाबु केही महिनादेखि उनको हराएको मुस्कानको खोजी गर्दैछ । म यो असुविधाको निम्ति दुःखी छु, (जुन तपाईंले समस्या मान्नुभएको होला) मेरी छोरीको कारणले तपाईंलाई यदि केही परेको भए । तर यो बुझिनुपर्छ, मेरो निम्ति उनी कति मह¤वपूर्ण छन् । जब उनी खुसी हुन्थिन्, मैले उनलाई हा“स्न सिकाए“ । जब उनी दुःखी हुन्थिन्, मैले उनलाई हा“स्न सिकाए“ । जब कुनै कुरा उनले चाहेजस्तो हु“दैनथ्यो, मैले उनलाई हा“स्न सिकाए“ र जब उनले हरेक पटक गल्ती गर्थिन्, आफैँलाई गिज्याउ“दै हा“स्न सिकाए“ ।
तपाईंले अनौठो आविष्कार गर्नुभयो कि मेरी सानी छोरीका खुट्टा जिराफका जस्ता छन् । तिनी ह्वात्तै बढ्दै गर्दा म कहिलेकाही“ आश्चर्य मान्छु, मेरी छोरी कहा“ छन् ? मैले उनलाई सिकाए“ कि उनी ठाडो गरी उभिनुपर्छ, निर्धक्क स्वाभिमानी हुनुपर्छ, कुनै डर नमान्ने हुनुपर्छ र सम्झाए“ तिनलाई, आफ्ना सपना र लक्षहरु प्राप्त गर्न लाखौँ माइलको यात्रा गर्नुपर्ने छ । तपाईंले उनलाई भन्नुभयो– हरेकलाई थाहा छ, यदि तपाईंले गाली गर्नुभयो भने उनी सरासर प्रिन्सिपलकहा“ जान्थिन् । तपाईंले थाहा पाउनै पर्ने एउटा तथ्य के हो भने उनको हृदयमा ईश्वरको प्रेम र आत्मामा बाबुआमाको प्रोत्साहन र तपाईंको विद्यालयको प्रिन्सिपल उनको आदर्श हुनुले गर्दा उनले आफ्नो मन खोल्न सहज मान्छिन् । वास्तवमा, मैले उनमा बलियो र खुसी भारत बनाउने सम्भावना बोकेका लाखौँ बालबालिकामध्येकी एक देख्दछु । आज हामीलाई आफ्नो मन बोल्ने, नेताहरुलाई सुन्ने मात्र होइन बरू प्रश्न सोध्ने, कठिन प्रश्न सोध्ने, जवान मानिसको आवश्यकता छ । ताकि, तिनीहरु भोलि अन्य मानिसका लागि साहस र आनन्दको स्रोत हुनेछन् ।
यस्तो लाग्छ, तपाईंले उनलाई सधैँ रमाइलो वातावरणमा हलक्कै हुर्के बढेकी, नराम्रा अक्षर भएकी, कक्षामा आफ्ना पुस्तक तथा झोला पनि बेहोसी ढंगले राख्ने छात्राको रुपमा हेर्नुहुन्छ । म यो कुरामा तपाईंस“ग सहमत हुन सकु“ला, तर उनको बारेमा ठट्यौला जोक गर्नु र उनका घनिष्ट साथीलाई उनले कत्तिको सहन्छिन् भन्ने सोधाइले मेरी सानी बच्ची शिक्षकका रुपमा तपाईंलाई मन नपर्ने भइन् र यस्तो व्यवहार अक्षम्य छन् ।
गत शिक्षक अभिभावकको मिटिङको समयमा तपाईंको एउटा गुनासो थियो कि मेरी छोरी विद्यालयका अतिरिक्त क्रियाकलापमा र विद्यालयको वार्षिक कार्यक्रमहरुमा भाग लिन चाहन्थिन् । मैले जानेसम्म विद्यार्थीहरुलाई सधैँ अतिरिक्त क्रियाकलापहरु जस्तो कि खेलकुद, वादविवाद तथा छलफलहरुमा सहभागी हुनुपर्छ भनेर सुझाव दिनुपर्दछ । किनकि, यस्ता गतिविधिहरुले बालबालिकाको बहुआयामिक व्यक्तित्व विकासमा सहयोग पु¥याउँछन् । म आश्चर्यमा पर्छु, आजको यो २१औँ शताब्दीमा पनि तपाईंले उही पुरातन सूत्रको अवलम्बन गर्नुहुन्छ । जस्तो, हिन्दीमा एक कहावत छ– “खेलोगे कुदोगे होगे खराब !”
मात्र केही दिनअघि, उनको वार्षिक परीक्षाको बेला तपाईंले कक्षाका विद्यार्थीलाई सोध्नुभएछ प्रश्नपत्रको बारेमा कसैको केही जिज्ञाशा थियो कि भनेर, र जब मेरी छोरीले हात उठाइन, यस्तो लाग्छ तपाईंले भन्नुभयो– उनी आफैँ एक समस्या थिइन् । उनलाई यसरी कक्षामा होच्याउ“दै कक्षाका विद्यार्थीलाई उनको मजाक उडाउँदै हाँस्ने मौका दिने व्यवहार, त्यो पनि यसरी हतोत्साहित गरेको लाजमर्दो बनाएको घटना पहिलो होइन । तपाईंको यस्तो अनपेक्षित व्यवहारले उनको आत्मविश्वास चकनाचुर पा¥यो र अहिले उनी आधारभूत प्रश्न गर्न पनि सङ्कोच मान्छिन् भन्नुपर्दा म अत्यन्त दुःखित छु । म अझै आश्चर्यमा छु, के विद्यालय प्रशासनले अझै पनि तपाईंलाई कक्षामा मेरी छोरीलाई मानहानि गर्ने अधिकार प्रत्यायोजन गरेको छ ! सबै बालबालिकाहरु ईश्वरका वरदान हुन् र शिक्षकहरुस“ग सबै विद्यार्थीलाई समान किसिमको व्यवहार गर्ने र प्रचुर मात्रामा आत्मविश्वास बढाउने धैर्यता हुनुपर्दछ, यसलाई ध्वस्त पार्ने होइन ।
एक बालकको मानसिक दुरूपयोग शारीरिक सजायजत्तिकै खराब र खतरनाक छ । किनकि, यसले उनको मानसिक वृद्धि र विकासमा अल्पविराम, अझ सके पूर्णविराम नै लगाइदिन सक्छ ।
तपाईंको निर्दयी, बेतुकको र असमझदारीपूर्ण व्यवहारको कारणले तपाईंले बालबालिकामा सुधार हुन सक्ने मानसिक विकास समेत रोक्नुभएको छ । के तपाईं बुझ्नुहुन्न ? म आशा गर्छु तपाईंले स्वीकार्नु हुन्छ, एउटा बालकलाई आफ्नै सहपाठीका अगाडि पटकपटक हाँसोको पात्र बनाउनु मानसिक यातना दिनुजत्तिकै खराब कुरा हो । एउटा शिक्षकका लागि यस्तो व्यवहार निन्दनीय हुन्छ र यस्तो मान्छेले एउटा शिक्षक हुने हैसियत राख्दैन । यस्तो व्यवहारको कारणले तपाईंले वास्तवमा उनीहरुलाई फुलाउनुको सट्टा प्रगति रोकिरहनु भएको छ । सायद, विद्यालय र समाजले यस्ता शिक्षकहरु, बानी नसुधार्ने हो भने शिक्षकबिना नै बरू राम्रो गर्न सक्छ ।
सारांशमा, म यसो भन्न चाहन्छु– शिक्षकले विद्यार्थीलाई उनीहरुका सहपाठीहरुका अगाडि बेइज्जत गर्नु र सजाय दिनुभन्दा बालबालिकाको विकासको लागि काम गर्नुपर्दछ । होच्याउनुको सट्टा, रमाइलो मानवजीवनको वरदानबारे बुझ्न सहयोग गर्नुहोस् । जीवनका सामाजिक, विश्वास, दर्शन तथा नैतिक मूल्यमान्यताहरु, विद्यालय जीवनका सकारात्मक समावेशी विकासका, परिवार, समाज तथा राष्ट्रका बारेमा बलियो जग बसाउन लगाउनोस् । ती शिक्षकहरु जसले बालबालिकाको जीवन निर्माणमा सहभागी हुन सक्दैनन्, तिनलाई समाजमा कुनै स्थान छैन । समाज वास्तवमा तिनै शिक्षकहरुको हो, जसले विद्यार्थीलाई समदृष्टिले, प्रेमले, सहयोगी भावनाले, समझदारीले होसियारपूर्ण व्यवहार गर्छन् । तर तिनको होइन, जसले उनीहरुलाई कक्षामा होच्याउ“छन् र परिणामस्वरुप आत्मविश्वास र भविष्य नाश गर्छन् ।
एउटा शिक्षक विद्यार्थीप्रति प्रेम र सद्भावले पूर्ण, आफ्नै बच्चालाई झैँ नै व्यवहार गर्ने र उनीहरुको चौतर्फी प्रगतिका लागि मरिमेट्ने हुनैपर्छ । तपाईंलाई म यो जानकारी दिन चाहन्छु, तपाईंको सजिलोका निमित्त मैले मेरी छोरीलाई तपाईंको विद्यालयबाट निकाल्दै छु र मेरो थोरै खुसीका लागि मेरी छोरीले सल्लाहकारलाई राम्रो प्रतिक्रिया दिएकी छन् र उनले स्वीकार गरेकी छन्, आफ्ना सबै साथीहरुलाई महिनाको एक पटक भेट्न आउने सर्तमा यो स्कुल छाड्न तयार भएकी छन् । म दुःखी छु, तपाईंको घोचपेचले फेरि पनि एक पटक जितेको छ र अर्को दुःखी विद्यार्थीले हारेको छ । तर आशावादी छु, यो चिठी पढेपछि तपाईंले आफ्नो यो घटना दोहो¥याउन अल्पविराम होइन, पूर्णविराम लगाउनुहुने छ ।
तपाईंको,
राहुल बर्मा
(राहुल बर्मा ग्रासरूट ननप्रफिट उदय फाउन्डेसनका संस्थापक, बालबालिका, स्वास्थ्य र मानव–अधिकारप्रति समर्पित व्यक्ति हुन् ।)
¨¨
Discussion about this post