भरतपुर । नेपाल सरकारका सूचना तथा संचारमन्त्री डा मिनेन्द्र रिजालले देशभर आवश्यकअनुसार रेडियोको लाइसेन्स दिन लागेको बताउनुभएको छ । रिपोर्टस क्लब नेपाल क्षेत्रीय कार्यालय चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रिजालले अझै पनि नेपालका दूरदराजमा रेडियोको पहु“च पुग्न नसकेकाले सूचनाको पहुँचका लागि लाइसेन्स दिन लागेको बताउनुभयो ।
उहा“ले संचारको पहुँचको सवालमा चितवन र मनाङलाई तुलना गर्न नमिल्ने भन्दै कसैले रेडियो मर्ज गर्न चाहे सरकारले तत्काल अनुमति दिने बताउनुभयो । संचारकर्मीसँग केही आक्रोसित रुपमा प्रस्तुत भएका मन्त्री रिजालले संचारक्षेत्रको प्रश्नमा समय सान्दर्भिक नभएको प्रतिक्रिया दिनुभयो । उहा“ले संचारकर्मीको काम जनताको सूचनाको हक रक्षा गर्ने भएको भन्दै त्यो वातावरण सरकारले बनाउने दावी गर्नुभयो ।
सूचना आयोग बन्ने क्रममा रहेकाले त्यासपछि मात्रै सवै माग सम्बोधन हुने उहा“ले बताउनुभयो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री रिजालले सरकारको काम कारबाही पारदर्शी बनाउन सरकार लागि परेको दावी गर्नुभयो ।
मन्त्रालयको पारदर्शीताको लागि पाँच हजारभन्दा बढीको रकम इन्टरनेटमा राख्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भइरहेको बताउनुभयो । स्थानीय निकाएको निर्वाचन ओझेलमा परेको हो भन्ने संचारकर्मीको प्रश्नमा मन्त्री रिजालले महत्वपूर्ण नरहेको भन्दै प्रतिक्रिया दिन चाहनु भएन ।
Discussion about this post