चितवन । चितवनमा शनिबार एक ३१ वर्षीय महिलासहित छ जनामा कोरोना पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा ६९ जनाको नमुना परीक्षण गराएकामा आठ जनाको कोरोना पुष्टि भएको थियो भने बाँकी ६१ नमुनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले जानकारी दिइन् ।
चितवनमा भरतपुर महानगर वडा नं १, ४, १० र १५ का छ संक्रमितमध्ये होम क्वारेन्टाइनमा रहेका ६ वर्षीय बालक, ३४m ४८ र २० वर्षिय प्रहरी तथा थुनुवा, चितवन मेडिकल कलेजमा उपचाररत ३६ वर्षीय पुरुष र भरतपुर अस्पतालमा उपचाररत ३१ वर्षीया महिला रहेकी छन् ।
यस्तै, गैँडाकोट १५ नवलपुरको होम क्वारेन्टाइनमा रहेका ३६ वर्षीय पुरुष र चिठगाउँ २ सुर्खेत घर भएका २२ वर्षीय प्रहरी रहेका छन् ।