कसैले प्रेममा मुटु चढाउँछ अनि जान्छ
नआइज याद भन्छु आउँछ अनि जान्छ
एकै किसिमका हुँदैनन् सबै प्रेमीप्रेमिका
कोही प्यासी प्यास मेटाउँछ अनि जान्छ
स्वार्थमात्रै लुट्छ कसैलाई प्रेमी सम्झिँदा
जो पराई थियो गुन लगाउँछ अनि जान्छ
हरपल असल साथी उसैलाई सम्झिने छु
जसले मेरो प्रेममा सघाउँछ अनि जान्छ
मेरै नाम जपी हररात आई मेरै दायाँबायाँ
एउटा कृष्ण बाँसुरी बजाउँछ अनि जान्छ
(भरतपुर, चितवन)