ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सडक पुनर्निर्माण गर

by चितवन पोष्ट
२०७१ बैशाख १९, शुक्रबार ०३:०३ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ–मुग्लिन सडकखण्डको अवस्था दयनीय बने पनि पुनर्निर्माण कार्य हुन सकेको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाको ठेक्का प्रक्रियाका विषयमा टेन्डर प्रकाशित गर्दा १० वर्ष अनुभव भएको निर्माण कम्पनीले मात्रै दर्ता गराउन पाउने नियम राखिएपछि त्यसविरूद्ध उजुरी परेपछि निर्माण कार्य ढिलो हुने भएको हो । आयोजनाको ठेक्का प्रक्रियासम्बन्धी उजुरी सर्वोच्च अदालत र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको छ । सडकको पुनर्निर्माणका लागि आह्वान् गरिएको ठेक्का प्रक्रियाकै विरोधमा उजुरी परेपछि सडकको पुनर्निर्माण प्रक्रिया सुरू हुन नसकेको हो । नारायणगढ–मुग्लिन खण्डको सडक पुनर्निर्माण नहुँदा सो सडकमा दिनहुँजसो दुर्घटना भइरहेका छन् । वर्षौँदेखि सडक पुनर्निर्माण नहुँदा सो सडकखण्डमा सवारीसाधनको चर्को जाम हुँदै आएको छ । साना सवारीसाधन तथा यात्रुले समेत दिनहुँ सास्ती पाउँदै आएका छन् ।
गत वर्षको माघमा आह्वान् गरिएको ठेक्काविरूद्ध उजुरी परेपछि पुनर्निर्माण कार्य रोकिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले आह्वान् गरेको ठेक्कामा १६ वटा आवेदन परेका थिए । तर, ती निवेदन अझैसम्म खोलिएको छैन । विवादअघिसम्म नारायणगढ–मुग्लिन सडकलाई तीन भागमा विभाजन गरेर ठेक्का आह्वान् गरिएको थियो । सोहीबमोजिम छुट्टाछुट्टै कम्पनीलाई ठेक्का आह्वान् गरिएको थियो । हाल रहेको साँढे पाँच मिटर चौडा सडकलाई नौदेखि एघार मिटरसम्म बनाउने आयोजनाको लक्ष्य थियो । ठेक्का प्रक्रियासम्बन्धी उजुरीको सुनुवाइ नभएसम्म सो सडकखण्डको पुनर्निर्माण कार्य अनिश्चित बनेको छ । वर्षाको समयमा कविलासदेखि कु्रिनटारसम्मको सडक पटकपटक अवरूद्ध हुने गर्दछ । यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डको दासढुंगावरपरको क्षेत्रमा पटकपटक सडक अवरूद्ध भएको थियो ।
सडकको पुनर्निर्माण कार्य सुरू भए हाल भएको झन्डै दोब्बर चौडाइको सडक बन्ने बताइएको छ । समथर र खुला क्षेत्रमा ११ मिटर र पहाडी र जटिल क्षेत्रमा नौ मिटर सडक बनाउने आयोजनाको लक्ष्य रहेको छ । विश्व बंैकको तीन अर्ब ऋण सहयोगमा सडक विस्तार तथा पुनर्निर्माण गर्न लागिएको हो । आँपटारीदेखि १६ किलोमिटर अर्थात् दासढुङ्गानजिकैसम्म पहिलो क्षेत्र, दासढुंगादेखि घुमाउनेसम्मको ८ किलोमिटर दोस्रो क्षेत्र र घुमाउनेदेखि मुग्लिनसम्मको १२ किलोमिटरलाई तेस्रो क्षेत्रका रुपमा पुनर्निर्माण गर्ने तयारीमा आयोजना जुटेको थियो । आर्थिक वर्ष २०७०÷०७१ को बजेट भाषणमा नै आयोजना परेपछि निर्माणका लागि गृहकार्य अघि बढेको छ । आयोजनाले सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहराहरुको लागत लिने कार्य गरिरहेको छ । ठेक्कासम्बन्धी उजुरीको सुनुवाइ भएपछि तत्काल आयोजनाले पुनर्निर्माणको काम थाल्नुपर्ने देखिएको छ ।

Related Posts

Chitwan Post

शहीद सप्ताहको सन्दर्भ

Chitwan Post

सिसी क्यामेराको ‘औचित्य’

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

जो बाइडनको कार्यकालबाट अपेक्षा

Discussion about this post

अन‌ि यो पनि

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)
राजनीति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

देउखुरी । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुलाई सिङ भाँचिएका तिल्के गोरु भन्दै धेरै धाक...

Read more
दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

निगमका पाइलटले गरे पदमार्ग सफाइ

निगमका पाइलटले गरे पदमार्ग सफाइ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In