ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जीवनको वीणा कसरी बजाउने ?

by namastec
२०७७ श्रावण २०, मंगलवार ०९:४८ गते
in विचार
0
1
SHARES
Share on FacebookShare on Twitter
आचार्य लक्ष्मण भण्डारी

धर्तीका हरेक वनस्पति, कीटपतङ्ग, पशुप्राणी, जीवजन्तु र मनुष्य, सबैभित्र अपार ऊर्जा र सम्भावना लुकेको हुन्छ । हरेकभित्र रहेको त्यही ऊर्जा नै उसको जीवनको आधार हो । जीवन भन्नु नै ऊर्जाको अर्को नाम हो । जडभित्र कुनै पनि सम्भावना हुँदैन । बसउठ, हिँड्डुल, घुमफिर, विकास, उन्नति आदि नहुँदा वस्तुहरु जड हुन पुग्दछन् ।
गति नहुनु पनि जडता हो । गतिशील विषयहरु सबै जीवन्त हुन्छन् । जडता भनेको त आलस्य हो, प्रमाद हो, गतिहीनता हो । जहाँ गति छ, चाल छ त्यहाँ नै जीवन छ । मनुष्य बाँच्नु र नबाँच्नुको प्रमाण पनि उसको गतिशीलता वा गतिहीनता नै हो । मनुष्यका सन्दर्भमा जीवन हुनुमात्र पनि जीवन होइन । मनुष्य बाँचेको छ भन्ने भनाइको लक्ष्यार्थ पुरूषार्थ, उन्नति र विकासका साथ ऊ जीवित छ भन्नु हो । व्यक्तिभित्रको जाँगर, जोस, साहस र उत्साह उसको गतिशीलताका सूचक हुन् । जाँगर र उत्साहका बलमा नै व्यक्ति बाँच्दाबाँच्दै मर्ने अवस्थाबाट मुक्त हुन पुग्दछ ।
जाँगर भनेको त्यो शक्तिको नाम हो जसले निरन्तर आफ्नो ऊर्जालाई सक्रिय तुल्याइरहन चाहन्छ । जसरी हामी निदाउँदा पनि हाम्रो मुटुको स्पन्दन रोकिँदैन, जाँगर पनि त्यसरी नै अविरल प्रवाहित हुने गर्दछ । जाँगरले हामीलाई सधैँ हाम्रो सम्भावनाको नजिक रहने वातावरण तयार पार्दछ । जागृत हुनु भनेकै आफ्नो शक्ति, प्रतिभा र ऊर्जालाई सक्रिय तुल्याउनुपर्छ भन्ने कुरा जान्नु र बुझ्नुको अवस्था हो ।
जाँगर अथवा उत्साहबराबरको योग्यता मनुष्यको सायदै अर्को होला । यही उत्साहको बलमा उसले जीवनको कायापलट गर्न सक्छ, अनि यही उत्साहको बलको अभावमा उसको जीवन निरर्थक र जडवत् पनि बन्न पुग्दछ । अभाव, रोग, भोक, शोक, असफलता, दुःख र अप्ठ्याराहरु उत्साह–बलको अभावमा उत्पन्न जडताका परिणतिहरु हुन् ।
हाम्रो जाँगरले हामीभित्रको सम्पूर्ण योग्यतालाई फुलाउने र फलाउने गर्दछ । हामीभित्र भगवान् बन्ने योग्यता छ तर हामीले त्यसलाई जान्न र चिन्न सक्नुपर्दछ । हाम्रो उत्साह, जाँगर र निरन्तरको साधनाले नै हामी आफ्नो स्वरुपको दर्शन गर्न सफल बन्दछौँ । आलस्यले हामीलाई जिउँदै मारिदिन्छ । हामीलाई निकम्मा र पत्रु बनाएर एउटा कुनामा मिल्क्याइदिनु नै आलस्यको धर्म हो, तर जाँगरले हामीलाई सबैका बीचमा पुग्न सहयोग पु¥याउँछ ।
जब हामीभित्रको ऊर्जा बाहिर आउँछ त्यतिखेर हामी सबैका आशा र विश्वासका केन्द्र भइरहेका हुन्छौँ । हाम्रो सङ्कीर्णताको परिधि छिन्नभिन्न भएको हुन्छ र हामी असीममा प्रवेश गरेका हुन्छौँ । हामी विन्दुबाट सिन्धुमा बदलिन्छौँ, बन्धनबाट व्यापकमा बदलिन्छौँ, जब हाम्रो शक्ति बाहिर आउँछ । हामीले बाल्ने बिजुली बत्तीको स्रोत पानी हो । बाहिर हेर्दा पानीमा कतै बिजुली देखिँदैन, कुनै उज्यालो देखिँदैन । बाहिर हेर्दा उज्यालो नदेखिनुको अर्थ नदीमा उज्यालो छैन भन्ने होइन । नदीको पानीलाई बिजुलीमा बदल्न जाँगर चाहिन्छ, साहस र शक्ति चाहिन्छ । निरन्तरको साधना र श्रमको परिणाम नै उज्यालो हो ।
जाँगर र उत्साहको एउटा लामो प्रक्रिया पार गरेपछि मात्र नदीको पानी उज्यालोमा बदलिन्छ । जब नदीको पानी बत्ती बनेर उज्यालिन्छ तब जगत्को सारा अँध्यारो हराउँछ । नदीको गहिराइमा रहेको बिजुली उसको सम्भावना हो, ऊर्जा हो । त्यही ऊर्जा बाहिर प्रकट हुँदा अँध्यारामा बाँच्न विवश मानिसहरुले उज्यालोको अनुभव गर्दछन् र जीवनलाई धन्य बनाउँदछन् ।
नदीमा जस्तै हरेक मनुष्यभित्र उज्यालो छ । जब त्यो ऊर्जा चलायमान हुन्छ त्यसपछि मात्र बाहिरको जगत्ले उज्यालोको अनुभव गर्दछ । हामीभित्रको ऊर्जालाई चलायमान र गतिशील बनाउने काम हाम्रो हो । हाम्रो देश नदी नै नदीले भरिएको देश हो । जलसम्पदाको अपार भण्डार छ यहाँ तर उज्यालो छैन । कारण, हामीसँग जाँगर छैन, उत्साह र कामप्रतिको लगनशीलता छैन ।
हामीसँग ऊर्जाको अभाव छैन, शक्ति र स्रोतको पनि अभाव छैन । अभाव छ भने केवल जाँगरको छ, उत्साह र श्रमको छ । हामी निदाएका हुनाले यति धेरै उज्यालो भएर पनि अँध्यारोमा बाँच्न विवश छौँ । हामीसँगको अँध्यारो हाम्रै आलस्यको उपज हो । स्रोत भएरमात्रै हुँदैन । जीवन हुनुमात्रै ठूलो कुरा होइन, जीवनको ऊर्जा सदुपयोग ठूलो कुरा हो । बिघौँबिघा जमिन भएर पनि खान नपाएका मान्छे छन् र थोरै जमिन भएर जीवनको गुजारा राम्ररी चलाउने पनि प्रशस्तै छन् ।
एउटा घरमा वीणा थियो । त्यस घरको मालिकका बाबुले त्यही वीणा बजाएर आनन्द लिने गर्दथे । ती वृद्धको निधन भएको पनि वर्षौं बितेको थियो, वीणा घरको एउटा कुनामा त्यसै मिल्किएको थियो । कहिलेकाहीँ साना केटाकेटी गएर वीणाको तार चलाउँदा घरै थर्कने गरी आवाज आउँथ्यो । घर मालिकलाई भने केटाकेटीले चलाएर हैरान पारेका हुँदा वीणा देख्यो कि रिस उठ्दथ्यो । घरमा यदाकदा पाहुना आउँदा पनि वीणा बजाएर हल्ला गर्लान् भन्ने ठानेर कोठाको कुनामा नभेटिने गरी लुकाइदिने गर्दथे ।
एकदिन घर मालिककी श्रीमतीले बढारकुँढार गर्ने क्रममा घरको कुनामा राखिएको वीणा देखिन् । वीणा राखिएको ठाउँमा फोहरैफोहर थियो । उनलाई वीणा ढाँड बन्न पुग्यो । एकातिर मिल्किएको वीणा देख्नेबित्तिकै उनको टाउको दुख्न थाल्यो । केही समयपछि बूढाबूढी मिलेर घरको पर्खालबाहिर फोहर फाल्ने ठाउँमा लगी वीणालाई फ्याँकिदिए । वीणा फ्याँकिदिएपछि बूढाबूढीले घर सफा र स्वच्छ भएको अनुभव गरे ।
गर्मीको दिन थियो । एक साँझ परिवारका सबै भोजन गरी विश्राम गर्दै थिए । कता कताबाट सङ्गीतको सुमधुर नाद गुन्जिँदै उनीहरुको कानसम्म आइपुग्यो । सबै मस्त भए । कताबाट यस्तो आवाज आयो भनेर खोजी गर्दा उनीहरुले थाहा पाए— एउटा भिखारी उनीहरुको पर्खालबाहिर फोहर फाल्ने ठाउँमा बसेर वीणा बजाइरहेको छ । भिखारीले अत्यन्त अद्वितीय र लोभलाग्दो सङ्गीत सिर्जना गरिरहेको थियो । वीणा बजाउँदा आएको सुमधुर सङ्गीतको दिव्य रागमा ऊ समाधिस्थ बनेको थियो ।
घरको पर्खालबाहिर निस्किएर घर मालिकले हेर्दा देख्यो, ऊ स्वयम्ले फ्याँकेको वीणाबाट त्यो सुमधुर राग बाहिर निस्किइरहेको छ र एउटा भिखारी त्यही रागमा आँखा चिम्लिएर मस्तसँग वीणा बजाइरहेको छ ।
आपैmँले फ्याँकेको वीणाबाट झङ्कृत त्यो सङ्गीतमय एवम् दिव्य झङ्कार सुनेर त्यस घरको मालिकले आँखाबाट दुई थोपा आँसु तप्प झा¥यो । घर मालिककी पत्नीलाई पनि पछुतो लागेर आयो । घर मालिकले भिखारीतिर फर्किएर भन्यो, ‘भाइ, यो वीणामा यति मीठो सङ्गीत लुकेको रहेछ, हामीलाई थाहै भएन । हामी त केटाकेटीले कहिलेकाहीँ यसको तार हल्लाउँदा निस्कने चर्को आवाजका कारण वाक्क भएर फालिदिएका थियौँ । यति मीठो स्वर भएको वीणा हामीलाई ढाँड हुन पुग्यो । आज तिमीले हाम्रा आँखा खोलिदियौ । तिमीलाई धेरैधेरै धन्यवाद !’
भिखारीका औँला वीणाका तारबाट बाहिर आए । बिस्तारै उसका दुवै आँखा खुले । समाधिबाट भर्खरै ब्युँझेको योगीले भैmँ शान्त स्वरमा भिखारीले घर मालिक र उसकी श्रीमतीतिर फर्किएर भन्यो, ‘महोदय, वीणामा खासै केही पनि छैन । तारहरु त केवल आवरण मात्र हुन् । वीणा आपैmँमा जड वस्तु पनि हो । हामीले जस्तो औँला लिएर तार चलाउँछौँ, त्यहाँबाट त्यस्तै आवाज आउँछ । मैले सङ्गीत भरिएको औँला लिएर यसलाई चलाएको थिएँ, त्यसैले यहाँबाट पनि यस्तै आवाज आयो । हामीजस्ता छौँ, वीणाको तार पनि त्यस्तै भइदिन्छ ।’ यति भनेर भिखारीले आँखा बन्द ग¥यो र वीणाका तारमा औँला राखी सुमधुर सङ्गीतको राग सिर्जनातिर लाग्यो ।
घर मालिकसँग केवल पश्चात्ताप बाँकी थियो । उसले सोच्यो, ‘मैले विचारै नगरी यति महँगो र सुन्दर स्वर भएको वीणालाई व्यर्थ गुमाएँ ।’ वीणा बजिरहेको थियो । केही समयपछि घर मालिक पनि एक छेउमा बसेर वीणाको नादसङ्गीतमा भिखारीसँगै एकीकृत हुन सुरू ग¥यो ।
हामीसँग पनि जीवनको वीणा छ । यसलाई हामीले जसरी बजाउँछौँ, त्यसैगरी बज्दछ । हामीले बिर्सन नहुने कुरा हो— वीणासँगै वीणा बजाउने पनि हुन्छ । वीणाबाट गुन्जिएको स्वर वीणाको होइन, वीणा वादकको हो । वीणाले त वादकलाई अभिव्यक्त गरिदिने गर्दछ । वीणा बजाउनेले जुन सुरमा तारहरुमा औँला चलाउँछ, वीणाले त्यही सुर बोलिदिन्छ । वीणा बजाउनेले जुन गतिमा वीणाका तार चलाउँछ, वीणा पनि त्यही गतिमा हिँडिदिन्छ । वीणाका तारहरुको चालक नै वीणाको मूल हो ।
हाम्रो जीवनका पनि हामी चालक हौँ । हाम्रो जीवनरुपी वीणाले हाम्रो सुर, ताल, गति, आरोह–अवरोह सबै बोलिदिन्छ । यसैले, हाम्रो जीवनको तार कति कस्ने, कसरी बजाउने, कुन गतिमा बजाउने यी सबै कुराका निर्धारक हामी हौँ । हाम्रो जीवन सफल र असफल हुुनुपछाडि केवल हामी जिम्मेवार हुन्छौँ । जाँगर, उत्साह र साहस भए जीवन सुखमय हुन्छ, अन्यथा दुःखमय जीवन बाँच्नबाट हामीलाई कसैले रोक्न सक्दैन ।
आपूmले आपैmँलाई चिन्न नसक्नु ठूलो दुर्भाग्य हो । अधिकांश मानिस यही दुर्भाग्यको सिकार भएको अवस्था छ । आपूmलाई बिर्सिएर बाँच्नुको के अर्थ ? आफ्नो अपार सम्भावनालाई बिर्सेर बाँच्नुको के औचित्य ? आज हामीले जीवन—वीणालाई कसिङ्गर बनाएका फोहर फाल्ने ठाउँमा फालेका छौँ । जब जीवन नै हाम्रालाई ढाँड बन्न थाल्दछ, बोझ बन्न थाल्दछ, त्यसपछि के नै बाँकी रहन्छ र ?
मह¤वाकाङ्क्षा, काम, क्रोध, लोभ, मोह, ईष्र्या, प्रमाद, आलस्यजस्ता दुर्गुणहरुका कारण जब हाम्रो जीवन—वीणाको तार कसिन्छ, त्यसपछि त्यहाँबाट निस्कने चर्को आवाजमा त्यहाँको सङ्गीत हराउँदछ । जाँगर, उत्साह, प्रेम, करूणा, दया, सहयोगजस्ता औँलाले जीवन—वीणाका तारहरु बजाउने हो भने मात्र त्यहाँबाट सुमधुर एवम् स्वस्थ सङ्गीतमा समाधिस्थ हुन सकिन्छ ।
जीवन साँच्चै नै अद्भुत छ । यसको गहिराइबाट निकाल्न सकिने उज्यालोको कुनै हिसाब छैन । कल्पनामा पनि अटाउन नसक्ने सम्भावनाको पवित्र नदी हो जीवन । जीवनको उज्यालो निकाल्न श्रममा जुट्नुको कुनै विकल्प छैन, कुनै उपाय छैन । बसीबसी जीवननदीको गहिराइबाट आपैmँ उज्यालो बाहिर निस्कनेवाला छैन । आलस्यले रास लागेको छ । यही आलस्यले सबैतिर अँध्यारो नै अँध्यारो बनाएको छ ।
स्वयम् हामी, हाम्रो सहर, हाम्रो गाउँ र हाम्रो देशसँगै यो शताब्दीमा पनि अँध्यारोको निष्पट्ट औँसीमा बाँच्न विवश छौँ । प्रकृतिमा समेत १५ दिन अँध्यारो र १५ दिन उज्यालो हुन्छ तर हामीकहाँ चौबिसै घन्टा अँध्यारो छ । यस्तो लाग्दछ, समाज, देश र स्वयम् हाम्रो जीवनबाट पनि शुक्लपक्ष हराएको छ र केवल औँसीले डेरा जमाएको छ । यसरी हाम्रो जीवन लोडसेडिङको मारमा नराम्ररी पिल्सिएको छ । यति धेरै जलसम्पदाका भण्डारी भएर पनि हामीसँग भने केवल अँध्यारो छ । कस्तो विडम्बना !!
आउनुस्, अब लोडसेडिङ कम गर्नेतिर लागौँ । छिमेकीसँग पैँचो मागेको बिजुलीले कहिलेसम्म चलाउने ? पानी नै पानीमाथि बसेर मरूभूमिमा बाँचेकाहरुसँग उल्टै बिजुली पैँचो ? योभन्दा ठूलो दुुर्नाम के हुन सक्छ ? के ‘ऋणं कृत्वा घृतं पिवेत्’ अर्थात् श्रम नगर्ने तर ‘ऋण गरेर पनि घिउ पिउनुपर्छ’ भन्नु नै ‘बहादुर’ हुनु हो ? होइन । हामी अब जाँगरिलो बन्नुछ, उत्साही बन्नुछ, मिहिनेती बन्नुछ र उज्यालो भित्र्याएर जगत् र जीवनको लोडसेडिङ हटाउनुछ । सधैँभरि अर्काका अगाडि ‘साष्टाङ्’ गर्नुभन्दा उत्साही र जाँगरी बनेर आफ्नै उज्यालो बाल्नतिर लाग्नुछ । यही नै लोडसेडिङ हटाउने उपाय हो । हाम्रा छिमेकीहरु मरूभूमिबाट पनि उज्यालो जन्माएर जलसम्पादाका भण्डारीहरुलाई बेचिरहेका छन्, तर जलसम्पदाका भण्डारीहरु भने लोडसेडिङको नियति बाँच्न विवश छन् । यो आलस्यको चरमोत्कर्ष हो । आउनुस्, जाँगरका बलमा जीवनको लोडसेडिङ हटाऊँ, जीवनवीणाको सुमधुरतम सङ्गीत गुनगुनाएर जीवनलाई नै धन्य बनाऔँ ।

Related Posts

के हामीमा ‘गुट’ बहिष्कार गर्ने हिम्मत छ !

के हामीमा ‘गुट’ बहिष्कार गर्ने हिम्मत छ !

धर्म जीवनको खोज हो

आफ्नो क्षमतालाई चिन्नुहोस् !

कर्म नै धर्म हो (लक्ष्मणरेखा)

कर्म नै धर्म हो (लक्ष्मणरेखा)

अन‌ि यो पनि

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग
समाज

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

काठमाडौँ । सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको...

Read more
चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

नेपालमा थप ४९६ जनामा संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

भारतमा कोभिड तीव्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In