ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भरतपुर अस्पतालमा बिमाका बिरामी बढी

by namastec
२०७७ श्रावण २०, मंगलवार ०९:०७ गते
in समाचार
0
22
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । भरतपुर अस्पतालबाट स्वास्थ्य बिमामार्फत सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालबाट गत आर्थिक वर्षमा एक लाख १४ हजार १४३ बिरामीले बिमाको उपयोग गर्दै सेवा लिएका थिए ।
अस्पतालका बिमा कार्यक्रम स्रोत व्यक्ति लीलाधर पौडेलका अनुसार बिमाका बिरामीले एक लाख चार हजार ३४७ पटक बहिरङ्ग सेवाको टिकट लिएका छन् । आकस्मिक सेवामा बिमाका टिकट लिने नौ हजार ७९७ र भर्ना भएर उपचार गर्नेको सङ्ख्या चार हजार ५४ रहेको छ । यसरी सेवा लिनेको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए ।
गत वर्ष अस्पतालमा दुई लाख ६४ हजार ३२ पटक विभिन्न व्यक्तिले उपचार सेवा लिएका थिए । तीमध्ये कतिपय दोहोरिएका पनि छन् । जिल्लामा २०७४ साल भदौबाट सो कार्यक्रम कार्यान्वयनमा आएकोे हो । अस्पतालले बिमा विकास बोर्डबाट रू ३८ करोड तीन लाख ७६ हजार ७५४ दाबी गरी भुक्तानी लिइसकेको छ । अन्य रकम भुक्तानीको चरणमा रहेको उनले बताए ।
अस्पतालमा आन्तरिक सेवा लिएका कुल बिरामीको ३७ प्रतिशत बिमाका छन् भने औषधि खरिद गर्नेमा भने ५५ प्रतिशत रहेको छ । एकै जना बिरामीले वर्षमा सरदर ४.४ पटकसम्म अस्पताल आएको टिकटबाट देखिएको पौडेलले जानकारी दिए । चितवन जिल्लासहित छिमेकका १५ जिल्लाबाट यहाँ बिरामी आउने गरेका छन् ।
तनहुँ, गोरखा, मकवानपुरलगायतका जिल्लाका कतिपय बिरामीले प्रथम विन्दु नै भरतपुर अस्पताल बनाएको पाइएको छ । सरकारले पछिल्लो समय जिल्लाका सरकारी अस्पताल र स्वास्थ्य केन्द्रलाई मात्रै प्रथम विन्दुको स्वीकृत दिएको छ । गत वर्ष अन्य जिल्लाबाट रिफर भएर दुई हजार ६०४ जनाले यहाँबाट सेवा लिएका थिए । यस अस्पतालबाट तीन हजार ६४० जना रिफर भएर अन्य अस्पताल गएको तथ्याङ्क छ ।
बिमाको बिरामीको चाप बढ्दै गएको तर व्यवस्थित हुन नसक्दा कतिपय बिरामी सन्तुष्ट हुन नसकेर बिमा कार्यक्रमबाट बाहिरिएको पाइएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी अबको अस्पतालको आम्दानी बिमा र शैक्षिक कार्यक्रम मात्रै हुने भएकाले यी दुवै क्षेत्रलाई व्यवस्थित गर्न अस्पताल लागेको जानकारी दिए । उनले बिमालाई छुट्टै व्यवस्थित विभागको रुपमा विकास गरेर सेवाग्राहीलाई सन्तुष्ट हुने गरी उपचार सेवा दिने बताए ।
उनले भने, “हामी बिमालाई तीन महिनाभित्रमा पूर्ण युनिटका रुपमा विकास गर्दैछौँ ।” अनलाइनमार्फत काम गर्ने, बिमाका सहजकर्तामार्फत समस्या बुझेर समाधान गर्ने र बिमाले तोकेका कम्तीमा ९० प्रतिशत औषधि अस्पतालको फार्मेसीबाट उपलब्ध गराउने गरी व्यवस्थित गर्ने अस्पतालले जनाएको छ ।
हाल बिमाले एक हजार १३३ प्रकारका औषधि उपलब्ध गराउँदै आएको छ । देशका ५८ जिल्लामा बिमा कार्यक्रम लागू भएको छ । नेपालमा विसं २०७२ चैत १५ गतेबाट बिमा कार्यक्रम सुरू भएको हो । चितवन जिल्लामा मात्रै दुई लाख ६० हजारभन्दा बढीले स्वास्थ्य बिमा गरेका छन् । जिल्लाका १२ वटा स्वास्थ्य संस्थाबाट बिमामार्फत उपचार सेवा लिन पाउने व्यवस्था रहेको स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी निर्मला भट्टराईले जानकारी दिए ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

अन‌ि यो पनि

दिल्लीद्वारा सन्दीप फुकुवा
खेलकुद

दिल्लीद्वारा सन्दीप फुकुवा

काठमाडौँ । आगामी संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय...

Read more
ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने चालकबाट १६ लाख राजस्व संकलन

ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने चालकबाट १६ लाख राजस्व संकलन

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

नेता तथा कार्यकर्ता सधैँ मालामाल, जनता सदैव कङ्गाल !

नेता तथा कार्यकर्ता सधैँ मालामाल, जनता सदैव कङ्गाल !

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In