ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दस दिनको कोरोना परीक्षण : चितवनमा शून्य संक्रमण

–किशोर खनाल

by namastec
२०७७ श्रावण २०, मंगलवार ०८:४८ गते
in प्रमुख समाचार, समाचार
0
612
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । विगत दस दिनको कोरोना परीक्षणको नतिजा हेर्दा चितवनमा कोरोना संक्रमणको दर शून्य रहेको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको कोरोना परीक्षणको दस दिनको नतिजा केलाउँदा कुनै पनि चितवनवासीमा कोरोना पोजेटिभ देखिएन ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशाला प्रमुख डा. नितु अधिकारीका अनुसार साउन ९ गतेको परीक्षणमा भरतपुर–११ का एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएयता चितवनका कुनै नागरिकमा कोरोना संक्रमण देखिएको छैन । साउन ९ यताको कोरोना परीक्षणमा नवलपुर जिल्लाका सात नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा साउन ९ यता एक हजार ६६ जनाको कोरोना परीक्षण भएको छ, जसमा चितवनका कुनै नागरिकमा कोरोना पोजेटिभ देखिएको छैन ।
‘दस दिनको कोरोना परीक्षणमा चितवनमा संक्रमणको दर शून्य भएको पाइयो’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने, ‘यो शून्य दर निरन्तर भइरहन्छ भन्ने ठोकुवा गर्न सकिने अवस्था भने छैन ।’
भौतिक दूरी कायम नराख्ने, मास्क नलगाई यात्रा गर्ने, कुनै वस्तु छोएपछि स्यानिटाइजर प्रयोग नगर्ने परिपाटीको विकास भइरहेको हुनाले कोरोनाको जोखिम भने कायमै रहेको प्रमुख तिवारी बताउँछन् । कोरोनाप्रति मानिसमा डर कम भइरहेको हुनाले कता जोखिम बढ्ने त होइन भन्ने आशङ्का पनि कायमै रहेको उनको भनाइ छ ।
उनी भन्छन्, ‘विगत केही दिनयतालाई हेर्दा जिल्ला सुरक्षितजस्तो देखिएको छ, तर देशभरका मानिसको आवतजावत हुने ठाउँ भएकाले जोखिम बढ्न सक्ने सम्भावना बढी रहेको छ ।’
स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनमा क्वारेन्टाइनस्थल पनि क्रमशः खाली हुँदै गइरहेको छ । स्वास्थ्य कार्यालय प्रमुख तिवारीले आधाभन्दा बढी क्वारेन्टाइन खाली भइसकेको बताए । उनले भने, ‘भदौ १ गतेबाट विद्यालयमा भर्ना अभियान चल्ने भएपछि विद्यालयमा रहेका क्वारेन्टाइनहरु पनि हटेका छन् ।’
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले चितवनका क्वारेन्टाइनहरु क्रमशः खाली हुँदै गएको बताए । उनका अनुसार थपिनेभन्दा क्यारेन्टाइनबाट घर फर्कनेको संख्या तेब्बरभन्दा बढी भइसकेको छ । हाल दैनिक ५÷१० जना चितवनका क्वारेन्टाइनमा थपिएका छन् ।
सूचना अधिकारी सिंखडाले भने, ‘चितवन जिल्लाभर हाल क्वारेन्टाइनमा २३१ जना छन्, जसमा १९ जना महिला छन् ।’ हालसम्म चितवनका क्वारेन्टाइनमा रहेका दुई हजार २४५ जना घर फर्कन सफल भएका छन् । राप्ती, खैरहनी र रत्ननगरका क्वारेन्टाइनमा रहेको संख्याको तुलनामा भरतपुर महानगर र माडी नगरपालिकामा अल्लि बढी छन् ।
‘चितवनका क्वारेन्टाइनमा बढीमा १२ सयसम्म पुगे, अहिले घटेर २३१ जना भएका छन्, बिस्तारै यो संख्या कम हुँदै जान्छ’, सूचना अधिकारी सिंखडाले भने, ‘यो महिनाभरिमा धेरै संख्या घर फर्कने भएको हुनाले ज्यादै नगन्यमात्रै क्वारेन्टाइनमा रहने अवस्था छ ।’
अत्यावश्यक काममा मात्र निस्कौँ
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले अत्यावश्यक काम परेमात्रै घरबाहिर निस्कन आग्रह गरेका छन् । सोमबारको प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले काम नपरी घरबाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेका थिए । १० वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धवृद्धाको हकमा कोरोनाको जोखिम बढी हुनाले सकभर घरबाहिर ननिस्कन उनले अनुरोध गरेका छन् ।

Related Posts

नारायणगढ–मुग्लिन खण्ड : सडक विस्तारपछि दुर्घटनामा कमी

नारायणगढ–मुग्लिन खण्ड : सडक विस्तारपछि दुर्घटनामा कमी

चितवनमा जनता आवास कार्यक्रम : सांसद्हरुबीच मतभेदले बजेट फ्रिजको सम्भावना

चितवनमा जनता आवास कार्यक्रम : सांसद्हरुबीच मतभेदले बजेट फ्रिजको सम्भावना

कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप

कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप

अन‌ि यो पनि

दुई दिनदेखि हवाई उडान प्रभावित
समाज

दुई दिनदेखि हवाई उडान प्रभावित

सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण...

Read more
आइपुग्यो कोरोनाविरुद्धको दस लाख मात्रा खोप

आइपुग्यो कोरोनाविरुद्धको दस लाख मात्रा खोप

इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

दिल्लीद्वारा सन्दीप फुकुवा

दिल्लीद्वारा सन्दीप फुकुवा

ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने चालकबाट १६ लाख राजस्व संकलन

ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने चालकबाट १६ लाख राजस्व संकलन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In