ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जण्डिसको प्रकोपबाट बचौँ

by चितवन पोष्ट
२०७१ बैशाख १८, बिहीबार ०१:५८ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

देशभर जण्डिसका बिरामीहरु बढिरहेका छन् । अहिले हेपाटाइटिस ‘ई’ नाम जण्डिसका बिरामीहरुको अस्पतालमा चाप देखिएको छ । देशभर दर्जनौँ जण्डिसका बिरामीहरु अस्पताल भर्ना भएका छन् । कोसी अञ्चल अस्पतालमा दैनिक ६० जनाका दरले एकै प्रकारका जण्डिसका बिरामीहरु आउन थालेपछि मोरङ उपनगरपालिकाले रोगविरूद्ध सावधानी अपनाउन नगरवासीलाई सूचना नै जारी गरेको छ । दूषित पानी र खानाका कारण हुने यो रोगको संक्रमण ह्वात्तै बढेपछि स्वास्थ्यकर्मी पनि चिन्तित बन्न थालेका छन् । खान मन नलाग्ने, वाकवाकी लाग्ने र बिस्तारै आँखा पहेँलो हुँदै जानेजस्ता जण्डिसका प्रारम्भिक लक्षण हुन् । संक्रमण भएको सुरूवाती अवस्थामै उपचार गरे जण्डिस निको हुने र ढिलो भए ज्यानसमेत जानसक्ने चिकित्सकको भनाइ छ । यतिखेर देशभरका अस्पतालहरुमा अधिकांश जण्डिसका बिरामी भर्ना भएका छन् । स्वास्थ्यकर्मीहरुका अनुसार बिरामीको दिसाबाट जण्डिस सर्न सक्छ । खुला ठाउँमा गरेको दिसा धूलोमा मिसिएर खानेकुरामा पर्दा र शौचालय तथा ढलको पानी ट्युवेलमा मिसिँदा जण्डिसको जोखिम बढ्ने गर्दछ ।
नेपालमा जण्डिसको प्रकोप वर्षभरि नै रहने गरेको पाइन्छ । सर्वसाधारणमा जण्डिस भन्नासाथ कलेजोसम्बन्धी रोग भन्ने बुझिन्छ । सामान्यत रगतमा बिलिरूबिनको मात्रा बढी भएर आ“खा, छाला र मुखभित्र पहेँलो हुने अवस्थालाई जण्डिस भनिन्छ । यो कुनै रोग नभएर विभिन्न रोगमा देखिने लÔणमात्र हो । साधारण अवस्थामा रगतमा बिलिरूबिनको मात्रा १ मिलिग्राम अर्थात् १०० एमएलभन्दा कम हुन्छ । बिलिरूबिनको मात्रा ३ मिलिग्रामभन्दा बढी भएमा मात्र आ“खा पहेँलो देखिन्छ । रगतमा बिलिरूबिनको मात्रा अत्यधिक भएमा यो पहेँलोबाट हरियोमिश्रित पहेँलो हुन्छ । बिलिरूबिन विभिन्न अवस्थामा बढ्न सक्छ र जण्डिसका विभिन्न अवस्थाहरु देखिन्छन् । रगतको रातो कण नष्ट भएर अध्यधिक बिलिरूबिन निस्केर कलेजोले लिन नसक्नु, रगतबाट निस्किएको बिलिरूबिनलाई पित्तमा फ्याँक्न नसक्नु र पित्तको नली अवरूद्ध भएर आन्द्रामा पुग्न नसक्नुजस्ता कारणले जण्डिस हुने गर्दछ ।
चिकित्सकका अनुसार साधारण जण्डिसले नवजात शिशुबाहेक अरुलाई असर गर्दैन । नवजात शिशुमा १० भन्दा बढी बिलिरूबिन बढेमा यसले दिमागमा पसेर विभिन्न नसासम्बन्धी समस्या पार्न सक्दछ । वयस्कमा १ देखि १० सम्म कुनै फरक पर्दैन । २५ भन्दामाथि पुगेमा मिर्गौला खराब हुन सक्दछ । बिलिरूबिनले आ“खा र छाला पहेँलो हुने, पिसाब गाढा हुने, दिसाको रङ्ग हलुका पहेँलो र कहिलेकाहीँ माटोजस्तो हुने गर्दछ । जण्डिस विभिन्न कारणहरुले गर्दा हुन्छ । सामान्यतया अध्यधिक बिलिरूबिन उत्पादन भएर, कलेजोसम्बन्धी रोग लागेर र पित्तको नली बन्द भएर जण्डिस हुने गर्दछ । जन्मजात रोग, एक्युट हेपाटाइटिस, क्रोनिक हेपाटाइटिस र कलेजोको क्यान्सरजस्ता कारणले पनि जण्डिस हुन सक्छ । पानी शुद्धीकरण गरेर पिउने र जथाभावी बाहिरका खानेकुरा नखाने गरिए जण्डिसबाट बच्न सकिन्छ ।

Related Posts

Chitwan Post

प्रधानमन्त्रीको सम्बोधनले उठाएका सवाल

शुभ रहोस् नववर्ष !

शुभ रहोस् नववर्ष !

चैत २५ गते पत्रकार महासङ्घको निर्वाचन

जोखिमपूर्ण बन्दै विद्यालय क्षेत्र

Discussion about this post

अन‌ि यो पनि

बिरामी बढेसँगै रगतको अभाव
समाज

गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत

चितवन ४ वैशाख । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाका कुनै पनि बिरामीलाई अब निःशुल्क रगत उपलब्ध गराउने भएको छ। इच्छाकामना गाउँपालिका...

Read more
रसमय जीवनको रहस्य (ती दिनहरु)

सिराइचुलीको फेदीदेखि सुनौलो बजारसम्म [स्मृतिबिम्ब]

रसमय जीवनको रहस्य (ती दिनहरु)

रसमय जीवनको रहस्य (ती दिनहरु)

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

Chitwan Post

अवैध मालसामान बरामद

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In