जिविकोपार्जनको लागि माछा मार्नेलाई ज्याकेट

अन‌ि यो पनि

तुलमान गुरूङ
कसरा । चितवन राष्ट्रिय निकुञ्जले नदी प्रणालीमा आश्रित समुदायको लागि यसपटक नयाँ अभ्यास थालेको छ। जिविकोपार्जनको लागि चितवन राष्ट्रिय निकुञ्ज नियमावली–२०३० अनुसार नदी प्रणालीमा आश्रित समुदायलाई निश्चित समय अवधिभर माछा मार्न पाउने कानुनी व्यवस्था छ। सोही सुविधामा आधारित रही निकुञ्जले माछा मार्ने ‘लाइसेन्स’ नवीकरण गरेका स्थानीयलाई ज्याकेट पनि वितरण गरेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार निकुञ्जको यो पहिलो प्रयास हो।

गतवर्षको तथ्यांक हेर्दा निकुञ्ज आसपासका करिब ३०० जनाले माछा मार्ने अमुनति लिएका छन्। सोही आधारमा ३२५ वटा ज्याकेट तयार पारेको उनले बताए। माछा मारेरै जिविकोपार्जन गर्नेहरूलाई ज्याकेट उपलब्ध गराउँदा निकुञ्ज र माछा मार्ने दुवैलाई फाइदा पुग्ने निकुञ्ज कार्यालयले विश्वास लिएको छ। ‘इजाजतपत्र लिएकाले मात्रै माछा मार्न पाउने भएकोले ज्याकेट पनि इजाजतपत्र प्राप्त गरेका व्यक्तिले मात्रै पाउँछन्,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत रूपाखेतीले भने, ‘यसो गर्दा निकुञ्ज क्षेत्रमा अनाधिकृत तरिकाले प्रवेश गर्नेलाई रोक्न सक्छ।’

ज्याकेट लगाएर माछा मार्ने गरेपछि टाढैबाट मान्छे चिनिने भएकोले अनुगमन गर्न पनि सजिलो हुने उनको भनाइ छ। ‘हामीलाई पनि अनुगमन गर्न सजिलो हुने र माछा मार्नेहरूलाई पनि ढुक्क भएर मार्न पाउने हुँदा हामीले ज्याकेटको नयाँ अवधारणा ल्याएका हौँ,’ उनले भने, ‘यसले निकुञ्ज क्षेत्रमा हुने आपराधिक घटनालाई पनि नियन्त्रण गर्छ भन्ने हामीलाई लागेको छ।’ ज्याकेटको अगाडि चितवन राष्ट्रिय निकुञ्जको लोगो र परिचय राखिएको छ भने पछाडि लाइसेन्स नम्बर राखिएको छ। निकुञ्जबाट लिइएको लाइसेन्समा भएको नम्बरको आधारमा उही नम्बर भएको ज्याकेट र उही नम्बर भएको ढुंगा वा हातेजाल प्रयोग गरेर माछा मार्न पाउने व्यवस्था मिलाइएको उनले बताए।

साउन १ गतेदेखि लागू हुने लाइसेन्स चैत मसान्तसम्म लागू हुन्छ। लाइसेन्स लिएकाहरूले यो समयअवधिको बिहान ६ देखि साँझ ५ बजेसम्म निकुञ्जले तोकेको शर्त र मापदण्डभित्र रहेर माछा मार्न पाउँछन्। बैशाखदेखि असार मसान्तसम्म भने माछाको प्रजनन समय ‘डेफर अवधि’ भएकोले माछा मार्न रोक्ने गरेको छ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया