पारसनगरका दुई युवाले बनाए गाडी

तुलमान गुरुङ

भरतपुर । लकडाउनको सदुपयोग गर्दै भरतपुर ६ पारसनगरका दुई दाजुभाइले स्थानीय स्रोत साधनको प्रयोगबाट ‘गल्फ कार’ बनाएका छन्। भरतपुर ६ पारसनगरका कुशल पौडेल र सफल पौडेलले लकडाउनको समयमा बनाएको फुर्सदमा मोटरसाइकलको इञ्जिन, इलेक्ट्रिक रिक्सा र मारूती भ्यानको टायर तथा सोलारलगायतका सामग्री जडान गरेर कारको रूप दिएका हुन्। आइतबार यी दुई भाइले निर्माण गरेको कारलाई स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा दुर्गा पञ्चायन टोल विकास संस्था र मिलिजुली आमा समूहले संयुक्त रूपमा कार्यक्रम गरेर सार्वजनिक गरेको हो।

सम्बन्धित सामग्री

Next Post