तेक्वान्दोका तीन पदाधिकारीद्धारा राजिनामा

अन‌ि यो पनि

रत्ननगर । जिल्ला तेक्वान्दो कार्यसमिति चितवनका अध्यक्ष पुष्पराज जोशीसहित तीन जनाले पदबाट राजीनामा दिएका छन । अध्यक्ष जोशी, बरिष्ठ उपाध्यक्ष रोशन खान र कार्यसमिति सदस्य मीरा थापाले पदबाट राजीनामा दिएका हुन । जोशी, खान र थापा राष्ट्रिय खेलकुद परिषद् मातहतका सहायक प्रशिक्षण हुन ।

नयाँ खेलकुद विकास ऐन २०७७ ले राखेप अन्तर्गतका कर्मचारीहरु कुनै पनि संघ तथा समितिहरुमा बस्न नपाउने व्यवस्था गरेपछि जिल्लाका तीन जनाले पदबाट राजीनामा दिएका हुन । जागिर र समितिको पदमध्ये एक रोज्नु पर्ने अबस्था आयो अध्यक्ष जोशीले भने लामो समय देखि गरिरहेको सरकारी सेवा छाड्न सकिएन, त्यही भएर तेक्वान्दो समितिबाट राजिनामा दिएका हौं ।

उपाध्यक्ष खान र कार्यसमिति सदस्य थापाले अध्यक्ष जोशीलाई राजीनामा बुझाएका हुन भने अध्यक्ष जोशीले जिल्ला तेक्वान्दो कार्यसमितिका कार्यबहाक अध्यक्ष गोपाल श्रेष्ठलाई राजीनामा पत्र बझाएका हुन । रत्ननगरमा शनिवार विशेष साधारण सभाको आयोजना गरी अध्यक्ष जोशीले राजिनामा दिएका हुन ।

साधारण भेलामा जिल्ला तेक्वान्दो कार्यसमितिको कार्यबाहक अध्यक्षमा गोपाल श्रेष्ठलाई चयन गरिएको छ । अन्य पदाधिकारी र सदस्यहरु यथावत रहने गरी उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई कार्यबहाक अध्यक्ष बनाइएको हो । सो अबसरमा कार्यबाहक अध्यक्ष श्रेष्ठले चितवनमा तेक्वान्दो खेलको विकासको लागि रचनात्मक काम गर्ने प्रतिबद्धता जनाए ।

रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा कोषाध्यक्ष धनबहादुर दराईले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रलाद प्रधान,निर्वतमान अध्यक्ष उत्तम गुरुङ,कार्यालय प्रमुख रामजी ढकाल,डिएसपी राजन कार्की,वडा नं १ का वडा सदस्य शालिकराम पराजुली, जिल्ला तेक्वान्दो कार्यसमितिका उपाध्यक्ष सुदिप गिरी,सचिव शैलेश श्रेष्ठ,सहसचिव प्रदिप श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया