काठमाडौँ । नेपालमा आज शनिबार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ३१५ जनामा संक्रमण देखिएको हो । यससँगै नेपालमा संक्रमित हुनेको संख्या २००८६ पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ९३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १४ हजार ४९२ पुगेको छ । हाल ११ हजार ५३३ जना क्वारेन्टाइनमा र ५३३८ जना आइसोलेसनमा रहेका छन् ।