ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

लण्डनबाट फर्केर गाईपालन

by चितवन पोष्ट
२०७१ बैशाख १७, बुधबार ०१:१६ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भण्डारा । वर्तमान पुस्ताका लागि पैसा कमाउनका लागि विदेश पहिलो रोजाइ बनेको छ । विदेशमा केही वर्ष विताएर घर फर्किएका भण्डाराका तीन नेपाली युवाले भने विदेशी मोह त्यागेर नेपालमै व्यवसायिक गाईपालन थालेका छन् ।
स्वदेशमै मेहेनत गरे के हुँदैन र भन्ने थुप्रै सफल किसानहरुको उदाहरणजस्तै बनेका छन् भण्डाराका तीनजना युवाहरु । ती कर्मठ युवा हुन्– भण्डारा ९ डडुवा निवासी प्रदीपराज पाण्डे, रविन्द्र ढकाल र सञ्जय ढकाल । पाण्डे ११ वर्ष लण्डन बसेर फर्किएका हुन् । २० वर्षको उमेरमा लण्डन सहर छिरेका यी नै पाण्डे अहिले भण्डारामा आफ्नै ज्वाइसँग मिलेर गाईपालन गरी बसेका छन् । उनका ज्वाइँ रविन्द्र ढकाल जर्मन बसेर आएका हुन् भने अर्का ज्वाइँ सञ्जय दुबइमा पसिना बगाएर फर्किएका हुन् ।
विदेशमा गरिने मिहिनेत स्वदेशमा गर्न सके यही जीवनस्तर राम्रो हुने उनीहरुको बुझाइ छ । हालै तीनजना युवा एउटा गाईफार्म स्थापना गरेर त्यसै पेसामा रमाइरहेका छन् । उर्जाशील केही समय विदेशमा बिताए पनि यी तीन यूवा अहिले गाईपालनमा जमेर लागेका छन् ।
हाल ३३ वर्षका पाण्डे २ वर्ष अघि घर फर्किएका थिए । घर फर्किएपछि गाईपालन गर्ने योजना बनाएका उनले बाँकी एक वर्ष के कसरी गाईपालन गर्न सकिन्छ भन्ने विषयमा घरपरिवार, अन्य व्यवसायी र प्राविधिकहरुसँग सरसल्लाह लिए ।
‘संचारमाध्यममा पनि गाईपालनले राम्रो भएको धेरैको कथा सुनेपछि यसैतर्फ लाग्न थप प्रेरित ग¥यो’, पाण्डेले भने, ‘घरपरिवार मिलेर राम्ररी यस व्यवसायलाई अघि बढाइरहेका छौँ ।’
सुरूमा ४ वटा गाई पालेका उनीहरुको गोठमा कुनै समय ३५ गाई थिए । हाल २४ वटा गाई र बाच्छी रहेका छन् । जसमध्ये तीनवटाले मात्र दूध दिन्छ । गोठमा एउटा भैँसी पनि रहेको छ । पालिएको गाईको जात जर्सी र होलेस्टाइन क्रस रहेको छ ।
गाईपालक पाण्डेले भने, ‘पशु प्राविधिकहरुको सहज उपलब्धता नहुनाले कठिनाइ हुने गरेको छ ।’ गाईपालन व्यवसायलाई थप प्रभावकारी बनाउन उनीहरुले २ बिघा जमिन भाडामा लिई घाँसखेतीसमेत गरेका छन् । भावी योजनाबारे पाण्डेले भने, ‘मिल्यो भने अर्को वर्ष हामी आफै डेरीसमेत स्थापना गर्ने सोचमा छौंँ ।’ पशुपालनसम्बन्धी सरसल्लाह लिन जाँदा जिल्ला पशु कार्यालयबाट आवश्यक सहयोग नपाएको उनीहरुको गुनासो छ ।

Related Posts

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

मदन भण्डारी नेपाली राजनीतिको महत्त्वपूर्ण मार्गनिर्देशक : मुख्यमन्त्री पौडेल

हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री पौडेल

Chitwan Post

कन्या गुरुकुलमलाई प्राइम बैंकको सहयोग

Discussion about this post

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
प्रमुख समाचार

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान...

Read more
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In