रत्ननगरमा रक्तदान, १२५ युनिट रगत संकलन

अन‌ि यो पनि

रत्ननगर । चितवनमा भएको रगतको अभावलाई मध्यनजर गरी पूर्वी चितवनको रत्ननगरमा शनिवार रक्तदान कार्यक्रम गरिएको छ ।

लायन्स क्लव अफ रत्ननगर र लियो क्लव अफ राइनो रत्ननगरले सयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा १२५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विकास पुरीले जानकारी दिए । कार्यक्रममा १० जना महिला सहित १२५ जनाले रगत दान गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर नारायण वनले लायन्स क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष विकर्ण कुमार श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदानको सुरुवात गरेका थिए । पूर्व अध्यक्ष श्रेष्ठले शनिवार सहित ७७ पटक रक्तदान गरेका छन ।

लायन्स क्लव अफ रत्ननगरका अध्यक्ष शिवलाल पुरीको अध्यक्षतामा भएको सो कार्यक्रमको सहयोगी संस्थाको रुपमा रेडियो अर्पण रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया