१२ मुक्तक

अन‌ि यो पनि


अन्यायको विरूद्धमा चल्छ मेरो कलम
हिमालको बुटी बनी फल्छ मेरो कलम
सक्दिनँ म कोही पनि हेपिएको हेर्न
विद्रोहको आवाजभरि बल्छ मेरो कलम

न्याय, निसाफ सबैलाई समान हुनुपथ्र्यो
निसाफमा समाजको कमान हुनुपथ्र्यो
अत्याचारीकै फलिफाप परिश्रमी खाली हात
छैन पक्कै भए त गरिबका भगवान् हुनुपथ्र्यो

बाठो छोरो सेनामा थ्यो कसले मा¥यो थाहा छैन
लाटो छोरो जेलमा रून्छ कसले मा¥यो थाहा छैन
खान–लाउन जीवन चलाउन पुग्ने जमिन थियो
लालपुर्जामा अर्कैको नाम कसले मा¥यो थाहा छैन

म मरेर केही हुँदैन देश बाँच्नुपर्छ
म रूँदैमा केही हुँदैन देश हाँस्नुपर्छ
लेक, बेँसी, हिमालले एउटै गीत गाउँदा
हिमचुली, राप्ती, भेरी मनमा नाच्नुपर्छ

घाम हराएपछि उदाउने जून भयो माया
गर्मीसँगै हराउने ऊन भयो माया
शीत हेरे पानी देख्छु, फूल हेरे रुप
भित्रभित्रै खोक्रो बनाउने घुन भयो माया

चन्द्रमामा घर बनाउने सपना छ मेरो
त्यही घर बहालमा दिने सपना छ मेरो
फूल रोप्ने ठाउँ छैन पृथ्वी छ महँगो
चन्द्रमा नै वशमा लिने सपना छ मेरो

हिजो म कुल्चिएको फूल सम्झेर रोएँ
सारा जिन्दगीका भूल सम्झेर रोएँ
अहिले मलाई ती दिनले किन पछ्याउँछन्
नदी तरेपछि भत्किएको पुल सम्झेर रोएँ

मुटुमा बसेको मान्छे सम्झेर रूँदा पनि खुसी लाग्छ
उसको यादले आफ्नै अङ्ग छुँदा पनि खुसी लाग्छ
बाँड्यो दुःख घट्दो रैछ बढ्दो रैछ खुसी
उसलाई सम्झी एकान्तमा हुँदा पनि खुसी लाग्छ

भीर, डाँडा सम्मै देख्छु मन पोलेको बेला
झरी, बादल डम्मै देख्छु मन पोलेको बेला
हृदयका आँखा ज्यादै गहिरा हुँदा रैछन्
पापी मुहार जम्मै देख्छु मन पोलेको बेला
१०
फुल्न कति ठाउँ चाहिन्छ धर्ती, आकाश हेर
खुल्न कति ठाउँ चाहिन्छ धर्ती, आकाश हेर
पिँजडा खुलिन, डुलिन भन्दाखेरि सबै
खुल्न, डुल्न कति ठाउँ चाहिन्छ धर्ती, आकाश हेर
११
आगोसँगै जल्या भए सकिन्थ्यो कि जीवन
बेहोसीमै चल्या भए सकिन्थ्यो कि जीवन
कहिले चिसो कहिले तातो मौसम हुन्छ यहाँ
पलपलमै गल्या भए सकिन्थ्यो कि जीवन ?
१२
भोको पेटलाई महँगीकै छुरा भयो सरकार
लेख, बेँसी, गाउँ, सहर कुरा भयो सरकार
कतिञ्जेल यही चालले चल्ला र खै जीवन
चिल्ला भाषण, आश्वासन अधुरो भयो सरकार

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया