कोरोना (कविता)

अन‌ि यो पनि

म भन्ने घमण्डीको डर
हामी भन्ने समूहको कहर
मेरो पनि उसको पनि सबैको ठहर
एक्काइसौँ शताब्दी कोरोनाको उपहार ।

मेरो र तिम्रो व्यवहारको उपज
पृथ्वीमाथि धेरै गरियो विपद्
सही नसक्नु भएकी यी माता
पठाइन् कोरोनारुपी भाइरस यता ।

स्वार्थ हदै नाघ्दै जाँदा
हुने नहुने जे पनि गर्ने भयौँ
पृथ्वी माता रिसाइन् कि यति
हिजोआज पठाइन् कोरोनारुपी मायावी ।

युगौँ युगौँको अन्तरालमा मानवमाथिको विपत्ति
न रोक्न न छेक्न उपचार गर्न नसक्ने यो कस्तो आपत्ति
भगीरथ प्रयासहरु गरी औषधि बनाउन खोजे पनि जति
खै बिर्सन नसक्ने गरी बनायो मानवीय र आर्थिक क्षति ।

बम बारूदको युद्ध नभएता पनि यो
मान्छे मान्छेसँग डराउनुपर्ने कस्तो बिगबिगी
मानवीय सभ्यताको तहसनहस ग¥यो
पृथ्वीमा यमराजरुपी कोरोनाको उत्पत्ति ।

प्रकृति र जीवजनावर खेल्दै र रमाउँदै हिँड्ने
मानव भने दुलोभित्र पस्ने
सर्वश्रेष्ठ भएका हामीहरुले गरेको कर्ममा फल्ने
लाज, डर मानी लुकीलुकी बाँच्ने आशमा बस्नुपर्ने ।

चाइना हुँदै इटली, अमेरिका र स्पेन
विश्वका कुनै पनि देश बाँकी कहीँ भएन
कति समयसम्म बस्ने हो अझै घरखानामा
प्रकृतिले दिएको दण्ड सजाय नमानी भएन ।

तेरो र मेरो कारण भनी किन गर्छौं दोषारोपण
ए ठूला राष्ट्र एकै भएर यो समस्या चिरन
सक्छौ लगाउन मलमपट्टी संक्रमणहरुलाई
तबमात्र सम्झन्छन् तिम्रा वैभवका विकासहरुलाई ।

गरौँ पालना घरमा बसी गरी दूरी पालना
बाँचौँ बचाऔँ कोरोनाबाट लागौँ मानव जोगाउन
नगरौँ है गल्ती हामीले सचेत सबैलाई गराउन
मिली सारा सँगै लागौँ कोरोना भाइरस भगाउन ।
(सिरानचोक, गोरखा)

 

प्रतिकृया

मुख्य समाचार

नारायणीले जमिन बगर बनायो, विद्यालयको आम्दानीको स्रोत बन्द

–रामशरण गैरे दिव्यनगर । नारायणी नदीमा आएको बाढीले विद्यालयको जमिन पुरेर बगर बनाएपछि भरतपुर–२६ स्थित आधारभूत विद्यालय (१–८) कोइलाहाको आम्दानीको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया