एनसेलको प्याब्सनसँग सहकार्य

अन‌ि यो पनि

काठमाडौँ । एनसेल प्राइभेट लिमिटेडले राष्ट्रिय एनप्याब्सन र प्याब्सनसँगको सहकार्य गरी अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ ।
कोरोना भाइरसको महामारीले गर्दा विद्यालयहरु बन्द भई अध्ययन अध्यापनमा असर परिरहेको हालको अवस्थामा अनलाइन कक्षाको लागि एनसेलले यस्तो योजना ल्याएको हो । एनसेलले यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो ।
यस सहकार्यले विद्यार्थी, शिक्षक÷शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोड ब्याण्डमा पहुँच सुनिश्चित गर्ने उद्देश्य लिएको छ । यस मासिक योजनामा विद्यार्थी तथा शिक्षक÷शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्दछन् ।
विद्यार्थीले करबाहेक मासिक २५० मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिप्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी÷फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्दछन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया