भरतपुर । जिल्ला निर्वाचन कार्यालय चितवनले चितवन Ôेत्र नं. ४ मा वैशाख १४ गतेदेखि सुरू गरेको पहिलो चरणको फोटोसहितको मतदाता नामावली सङकलनमा २ हजार १५८ जनाले फोटो खिचाएका छन् ।
पटिहानी, गीतानगर, शिवनगर, फुलबारी र भरतपुर नगरपालिका वडा नं. १३ र १४ का मतदान केन्द्रमा गरी कुल २ हजार १५८ जनाले फोटो खिचाएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
मतदाता नामावलीमा नाम लेखाउनेमध्ये १ हजार ९८ जना पुरुष र १ हजार ६० जना महिला रहेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । आगामी असार ८ गतेका लागि तय गरिएको उपनिर्वाचनका लागि नया“ र छुटेका मतदाताहरुलाई ध्यानमा राख्दै कार्यालयले फोटोसहितको मतदाता नामावली सङकलन सुरू गरेको हो ।
त्यसैगरी दोस्रो चरणमा वैशाख १७ अर्थात् मंगलबारदेखि देखि १९ गतेसम्म मङगलपुर, गुञ्जनगर, शारदानगर र भरतपुर नगरपालिका वडा नं. ७, ८ र ९ का मतदान केन्द्रमा मतदाता नामावली सङकलनको कार्यक्रम राखिएको छ । बिहान १० बजेदेखि सुरू हुने नामावली सङकलनमा नागरिकताको परिचयपत्रसहित स्वयम् आफू नै उपस्थित भई नया“ तथा छुटेका मतदातालाई नाम लेखाउन निर्वाचन कार्यालयले आग्रह गरेको छ । संविधानसभाको निर्वाचनमा चितवन Ôेत्र नम्बर ४ बाट विजयी नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सो Ôेत्र छोडेपछि उपनिर्वाचन हुन लागेको हो ।
Discussion about this post