रत्ननगर । वीरेन्द्रजगर–४ बडरामा रहेको ब्रम्हस्थानी जल उपभोक्ता समितिको मिटरको मंगलबार प्राधिकरणले लाइन काटेको छ । लामो समयदेखि बिजुलीको महसुल नतिरेका कारण लाइन काटिएको हो । सिँचाइको लागि डिप बोरिङ सञ्चालन गर्न समितिले मिटर राखेको थियो । सो समितिले २०६४ सलायता पैसा बुझाएको छैन ।
समितिले बिजुली उपयोग गरेबापत् ७९ हजार १३१ रूपैयाँ तिर्न बाँकी रहेको छ । बिजुलीको लाइन काट्दा पनि महसुल बुझाउन नआए समितिका सदस्यहरुको घरको लाइनसमेत काटिने नेपाल विद्युत् प्राधिकरण टाँडीका प्रमुख रामदुलार यादवले बताउनुभयो ।
‘तत्काल पैसा बुझाउन आग्रह गरेको छौँ’ उहाँले भन्नुभयो, ‘पहिलाको जस्तो अटेर गरे सदस्यहरुको घरको पनि लाइन काट्ने प्रक्रिया सुरू गछौँ ।’ प्राधिकरणले महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान सुरू गरेको भएपनि ७९ हजार १३१ पुग्दा समेत सो मिटरको लाइन काटिएको थिएन ।
Discussion about this post