भरतपुर । अपाङ्ग भएका व्यक्तिहरुका लागि प्रदान गरिएको क्षमता विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सकिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको क्षमता वृद्धि गरी उनीहरुलाई नेतृत्व तहसम्म पु¥याउनका लागि कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी प्रमुख निमा खड्काले नेपाल सरकारले सुरू गरेको अपाङ्ग परिचयपत्रको कार्य रोकिएको भन्दै यसलाई पुनः सञ्चालन गर्न माग गरेकी थिइन् ।
अपाङ्गता परिचयपत्र सम्बन्धी नेपाल सरकारको विद्यमान व्यवस्था विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रमुख खड्काले यस्तो बताएकी हुन् । सरकारले अपाङ्गको परिभाषा र वर्गीकरण २०६३ अनुसार अपाङ्गता परिचयपत्रलाई गम्भीरताका आधारमा ४ भागमा विभाजन गरेको छ । पूर्ण अशक्तता, अति अशक्तता, मध्यम अपाङ्गता र सामान्य अपाङ्गतालाई परिचयपत्रकोे व्यावस्था गरेको छ । तर सरकारी उदासीनताका कारणले अपाङ्गता भएका व्यक्तिहरुले यस्तो परिचयपत्र नहुँदा आफूहरुलाई समस्या भएको भन्दै सम्पूर्ण अपाङ्गहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
Discussion about this post