ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दीक्षित प्रकरण र नेपाली मिडियामा विदेशी लगानीको मुद्दा

by चितवन पोष्ट
२०७१ बैशाख १७, बुधबार ००:५८ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

मधुसूदन दवाडी
आप्का हाउसले अन्नपूर्ण पोष्ट, हिमालयन टाइम्सजस्ता पत्रिकाहरु सञ्चालन गर्न थालेपछि र नेपाल वान टेलिभिजनले भारतबाटै कार्यक्रमहरु प्रसारित गर्न थालेपछि नेपालका मिडियामा विदेशी लगानीको मुद्दा चर्काे रुपमा उठेको थियो । हिमालयन टाइम्सले बुद्ध भारतमा जन्मिएका हुन् भन्ने समाचार सामग्री प्रसारित ग¥यो भनेर विरोध प्रदर्शन गर्ने काम पनि नेपालमा भयो । नेपाली मिडियामा विदेशी लगानी गर्न हुन्छ वा हुँदैन भनेर विभिन्न अध्ययन गर्ने आयोगहरु पनि बने । कसैले अन्य क्षेत्रजस्तै मिडियामा पनि लगानी गर्न हुन्छ भनेर आवाज उठाए भने कसैले मिडिया राष्ट्रको संवेदनशील क्षेत्र भएकाले यस क्षेत्रमा विदेशी लगानी गरिनुहुँदैन भन्ने आवाज उठाए । त्यसमा पनि कयौँले छापा माध्यममा विदेशी लगानी स्वीकार्य हुन्छ, तर प्रसारण माध्यममा स्वीकार्य हुँदैन भनेर तर्क गरे भने कयौँले प्रसारण माध्यममा गर्न सकिन्छ भन्ने अभिमत जाहेर गरे । यस्तै बहस र छलफलमा यो मुद्दा अल्झिरहेको छ ।
पछिल्लो समयमा आमरण अनशनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको विषयलाई लिएर हिमाल मिडियाका कनकमणि दीक्षितको नाम जोडिएपछि यो मुद्दा फेरि बहसको विषय बनिरहेको छ । फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालहरुदेखि सम्पूर्ण नेपाली मिडियाहरुमा दीक्षितको पक्ष र विपक्षमा यसबारेमा बहसहरु भएको देखिन्छ । विदेशी लगानीको मुद्दाले पहिलो पल्ट संसद्मा प्रवेश पनि पायो । विशेषतः एमाओवादीका सभासदहरुले नर्वेजियन दूतावासबाट ‘साउथ एसिया ट्रष्ट’ को नाममा कनकमणि दीक्षितले ३८ लाख क्रोनर अर्थात् रू. ६ करोड लिएको खुलासा संसद्भित्रै गरे, जसलाई स्वयं दीक्षित र नर्वेजियन दूतावासले पनि स्वीकार गरिसकेका छन् । उनले यो रकम केमा खर्च गरे भन्ने विषयमा सरकारी अधिकारीहरु पनि बेखबर छन् भने स्वयं दीक्षितले पनि यसबारेमा आमसर्वसाधारणलाई प्रस्ट पार्न सकेका छैनन् । एनेकपा माओवादी भने फुजेल घटनालाई उचाल्नमा दीक्षितले यो पैसा खर्च गर्ने गरेको आशंका गर्दछ । नन्दप्रसाद अधिकारीको अनशन प्रकरण सरकार र स्वयं एमाओवादी दुवैलाई टाउको दुखाइको विषय बनेको छ । सरकार यस प्रकरणबाट राजनीतिक सहमतिको वातावरण भाँडिने खतरा देख्छ भने एमाओवादी भने द्वन्द्वकालको घटनालाई उचालेर आफूहरुलाई कमजोर पार्न खोजेको आशंका गर्दछ । कनकमणि दीक्षितलगायतका मानवअधिकारवादीहरु भने अधिकारी दम्पतीले न्याय पाउनुपर्छ भन्ने विषयलाई चर्काे रुपमा उठाइरहेका छन् । मानवअधिकारवादीहरुको पनि आफ्नै प्रकारको नाम र दाम कमाउने स्वार्थले यस्ता घटनाहरुसँग नाम जोडिने गर्दछ । यस प्रकारको चर्चा नपाए मानवअधिकारवादीहरुलाई अर्काे पटक विदेशीहरुले नपत्याउने भय पनि रहने गर्दछ ।
मिडिया क्षेत्रमा विदेशी लगानीको मुद्दा बेलाबेलामा उठे पनि नेपालमा विदेशी लगानीको सुरूवात भने धेरै वर्ष पहिलेदेखि भएको हो । देशमा प्रजातन्त्र स्थापना भएपछि वि.सं. २००८ सालदेखि नेपालमा विदेशी लगानी भित्रन थालेको हो । त्यसभन्दाअघि तत्कालीन इष्ट इन्डिया कम्पनीले १९६८ सालमा फर्पिङ जलविद्युत् आयोजनाको निर्माण गरेको थियो, जुन आयोजना दक्षिण एसियाकै पुरानो आयोजनामा पर्दछ । अहिले पनि नेपालको जलविद्युत् क्षेत्रमा प्रशस्त मात्रामा विदेशी लगानी देखिन्छ । ६३ वर्षअघिदेखि प्रत्यक्ष रुपमा विदेशी सहायता लिन थालेको हामीहरुको अहिले कुल तिर्न बाँकी विदेशी ऋण २०७० सालको असार मसान्तसम्म ३०९ अर्ब पुगेको देखिन्छ । यसलाई विश्लेषण गर्दा प्रत्येक नेपालीको थाप्लामा अहिले १९ हजार ४८४ रूपैयाँको विदेशी ऋण झुन्डिएको छ । नेपालमा विदेशी लगानी कुल गार्हस्थ उत्पादनको २० प्रतिशत हिस्साबराबर देखिन्छ । पछिल्लो समयमा अर्थतन्त्र, कृषि, शिक्षा, राजनीतिदेखि लिएर देशका हरेक क्षेत्रमा विदेशी लगानी र चासो बढ्दै गएको देखिन्छ । सिंगो देश नै विदेशी लगानीमा चलिरहेको देखिन्छ । अन्य क्षेत्रजस्तो मिडिया क्षेत्र हुन सक्छ वा सक्दैन भन्ने पनि बहसकै विषय रहन्छ ।
देशमा देखिएको मिडियाका समस्याहरुका बारेमा अध्ययन गरेर सुझाव दिनका लागि वि.सं. २०६३ सालमा सरकारले तत्कालीन सभासद् राधेश्याम अधिकारीको संयोजकत्वमा उच्चस्तरीय मिडिया आयोगको गठन गरेको थियो । यसले लामो अध्ययनपछि विदेशी नीतिका बारेमा उठेका सवाललाई प्रतिवेदनमार्फत सम्बोधन गर्ने प्रयास गरेको थियो । प्रतिवेदनअनुसार नेपालमा भइरहेको मिडिया क्षेत्रको लगानी पारदर्शी रुपमा हुनुपर्नेमा जोड दिएको थियो । उसले मिडियामा ४९ प्रतिशत भन्दा बढी विदेशी लगानी हुन नहुने भनेर सुझाव दिएको छ । सरकारले मिडिया आयोगको प्रतिवेदन ग्रहण त ग¥यो, तर सो अनुसारको आवश्यक कानुनहरुको निर्माण गर्न सकेको देखिँदैन । अहिले संसद्मा चर्काे रुपमा दीक्षित प्रकरणलाई उचालेको एमाओवादीले पनि आफू सरकारमा रहँदा मिडियाको लगानीलाई पारदर्शी बनाउनेतर्फ प्रभावकारी काम गर्न सकेन । पार्टी स्वयंले एबीसी टेलिभिजनमा लगानी गरेर यसलाई माओवादी दर्शनको प्रचारप्रसार गर्ने साधन बनाइरहेको देखिन्छ भने एमाओवादीसँग पनि आफ्नै प्रकारको मानवअधिकारवादीहरुको समूह छ । स्वयं मानवअधिकारका अभियन्ताहरु पनि राजनीतिक दृष्टिकोणले विभक्त भएकाले पनि उनीहरुको भूमिकामाथि समय–समयमा प्रश्नचिन्ह उठ्ने गर्दछ । केही मानवअधिकारवादीहरु भने अहिले नन्दप्रसाद अधिकारी प्रकरणमा मौन नै देखिन्छन् ।
नेपालमा वि.सं. २०४६ सालपछि सरकारले आर्थिक उदारीकरणको नीति लियो, जसबाट विदेशी लगानी गर्ने शैली र दर नै बदलियो । वि.सं. २०४७ सालमा बनेको संविधानले मिडियाको स्वतन्त्रतालाई ग्यारेन्टी गरेपछि मात्र नेपालको मिडिया क्षेत्रमा ठूला लगानीहरु भित्रन थालेको हो, जसकै कारणले नेपालमा ठूला सञ्चारगृहहरु स्थापित हुन पुगे । मिडियाको मुख्य मेरूदण्ड मानिएको विज्ञापन क्षेत्रको विकास पनि वि.सं. २०४६ सालपछि मात्र सम्भव हुन गयो । उद्योगधन्दा तथा व्यापार व्यवसाय क्षेत्रमा लगानी बढ्दै जाँदा नै विज्ञापन क्षेत्रमा पनि लगानी बढ्दै गएको हो । अहिले नेपालको विज्ञापन बजार वार्षिक झन्डै चार अर्ब पुगेको छ । मिडियाको संख्या हेर्ने हो भने तुलनात्मक रुपमा विज्ञापन बजार धेरै साँघुरो देखिन्छ, जसबाट नेपाली मिडियाहरु सधैँ आर्थिक संकटबाट पिल्सिरहेका देखिन्छन् । हिजोदेखि आजसम्म मिडियामा भएको लगानीलाई सरकारले पारदर्शी बनाउन सकेको छैन, जसकै कारण नेपालमा समय–समयमा विदेशी लगानीको विषयले सडकदेखि सदनसम्म तताउने गर्दछ । कतिपय विद्वान्हरुले मिडिया क्षेत्रको लगानीलाई कालो धनलाई सेतो बनाउने बाटोका रुपमा पनि लिने गर्दछन् । कयौँ राजनीतिक दलका नेताहरुले पनि अहिले मिडिया चलाइरहेका छन्, त्यसैले अहिले मिडियाको दर्शन समाजसेवाबाट बदलिएर व्यक्तिगत तथा संस्थागत स्वार्थहरु पूरा गर्ने साधन पनि बन्न पुगेको देखिन्छ । नेपाली मिडियाको आर्थिक अवस्था तथा अभावलाई हेर्ने हो भने चाहिँ निश्चित कानुन बनाएर विदेशी लगानी भित्र्याउनु नै अहिलेको टड्कारो आवश्यकता देखिन्छ ।
आज प्रविधिको विकासले गर्दा मिडियालाई कुनै स्थानीय तहमा मात्र सीमित गर्न सम्भव छैन । अनलाइनको विकासले स्थानीय तथा राष्ट्रिय मिडियाहरु एकाएक अन्तर्राष्ट्रिय तथा विश्वव्यापी बन्दैछन् । यस्तो अवस्थामा विदेशीले नेपालमा लगानी नै गर्न
हुँदैन भन्ने चाहिँ संकीर्ण मानसिकता रहन्छ । तालिम, गोष्ठी, भ्रमणका नाममा अप्रत्यक्ष वा घुमाउरो ढंगबाट नेपालमा विदेशी लगानी भित्रनुभन्दा कानुनी रुपबाट प्रत्यक्ष रुपमा भित्रन सकेमा मात्र देशको कल्याण हुने देखिन्छ । कहाँ, कसरी विदेशी लगानी भित्रिएका छन् र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने सम्पूर्ण जानकारी राज्य संयन्त्रलाई हुनुपर्दछ र आवश्यक परेमा त्यसलाई पूर्णतया निस्तेज पार्नुपर्दछ । अहिले सरकारका मुख्य सचिव लीलामणि पौडेलले स–सानो कुरामा र अनावश्यक क्षेत्रमा विदेशी सहायता स्वीकार नगर्न सरकारी अधिकारीहरुलाई दिएको निर्देशनलाई स्वागतयोग्य कदमका रुपमा लिन सकिन्छ, तर यस्ता विषयलाई कानुन नै बनाएर सम्बोधन गर्न आवश्यक छ । कुन–कुन र कस्ता–कस्ता क्षेत्रमा विदेशी लगानी स्वीकार गर्ने हो, स्पष्ट हुनुपर्दछ । मिडियाजस्तो संवेदनशील क्षेत्र र चाउचाउ, बियरजस्ता उत्पादनको क्षेत्रमा हुने लगानीलाई एउटै वर्गमा राखेर हेर्न सकिँदैन ।
विदेशी लगानीको अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने क्यानडामा एउटै व्यक्तिले ३ वटाभन्दा बढीको स्वामित्व लिन सक्दैनन् भने २० प्रतिशतभन्दा बढी विदेशी लगानी त्यहाँ स्वीकार्य हुन सक्दैन । गैरक्यानडेलीलाई सांस्कृतिक उद्योगको स्वामित्व नदिने त्यहाँको कानुन छ । त्यसैगरी, अमेरिकामा पनि मिडियाको एकाधिकारविरोधी कानुनहरु निर्माण गरेर मिडियाको एकाधिकारलाई अन्त्य गर्ने प्रयास गरेको देखिन्छ । हाम्रो देशमा भने आजसम्म मिडिया क्षेत्रमा सीमित व्यक्तिहरुको एकाधिकार देखिन्छ भने नेपालका मिडियाहरुको आर्थिक आम्दानीको मुख्य बाटो विदेशी विज्ञापनहरु नै छन् । यदि कसैले घुमाउरो ढंगबाट मिडियामा विदेशी लगानी गरेर राष्ट्रिय स्वार्थमाथि धावा बोल्न थाले भने त्यसको प्रत्यक्षदर्शी नेपाली दर्शक, श्रोता तथा पाठकहरु हुनेछन् । मिडियाले आफ्नो जनविश्वास गुमेको दिन मिडियाको औचित्यता पनि सकिने छ । अहिलेजसरी अपारदर्शी ढंगबाट नर्वेले कनकमणि दीक्षितलाई पैसा दिएको छ त्यसैगरी चीन, भारत र अमेरिकाका राजदूतावासले पनि अन्य मिडियालाई पैसा बाँड्न थाले भने त्यसको प्रभाव झनै भयावह हुन जान्छ । त्यसैले, सरकारले यस्ता विषयलाई जननिर्वाचित संसदमा छलफल गरेर तत्कालै स्पष्ट नीति तथा कानुन बनाउन जरुरी देखिन्छ । नत्र नेपाली मिडियाहरु पनि मुखपत्र वा स्मारिका प्रकाशन गरे जस्तो हालतमा पुग्ने खतरा रहन्छ । दीक्षितको प्रकरणलाई लिएर संसदमा छलफल प्रारम्भ भएको यस गम्भीर विषयलाई तार्किक निष्कर्षमा पु¥याएर टुङग्याउनु पर्दछ । लोकतन्त्रको मुख्य मेरुदण्ड मानिएको मिडिया क्षेत्रका जल्दावल्दा मुद्धाहरुको सम्बोधन नभएसम्म देशमा लोकतान्त्रिक ब्यवस्थाको सुढृढीकरण संभव हुने  देखिदैन ।

Related Posts

एउटा हलीको दृष्टान्त ! [लक्ष्मणरेखा]

एउटा हलीको दृष्टान्त ! [लक्ष्मणरेखा]

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

आमा प्रथम गुरू हुन्, काख हो पाठशाला

आमा प्रथम गुरू हुन्, काख हो पाठशाला

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In