मध्यवर्तीमा ढुंगानाको नेतृत्व

अन‌ि यो पनि

कसरा । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्षमा प्रकाश ढुंगाना चयन भएका छन् ।

बुधबार निकुञ्जको मुख्य कार्यालय रहेको कसरामा भएको निर्वाचनमार्फत उनी पाँच वर्षको कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन् । व्यवस्थापन समितिअन्तर्गत चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लाका २२ वटा उपभोक्ता समिति छन् । २२ उपभोक्ता समितिका अध्यक्षले व्यवस्थापन समितिको अध्यक्ष चुन्ने व्यवस्था छ । सबै अध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ ।

मकवानपुरको मनहरी गाउँपालिकाको एउटा वडा, पर्साको ठोरी गाउँपालिकाको १, २ र ३ नम्बर वडाहरु, चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिकाका केही वडाहरु मध्यवर्तीमा पर्छन् । भरतपुर महानगरपालिकाका ६, ८, ९, १३, १४, १७, १८, २२, २३, २४, २५, २६, २७ र २८ नम्बर वडा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । पूरै माडी नगरपालिका मध्यवर्ती क्षेत्रमा छ ।

नवलपुरका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका वडाहरु पनि मध्यवर्तीमा पर्छन् । मध्यवर्ती समितिले वर्षमा १२ करोड रूपैँया हाराहारीको बजेट परिचालन गरेको छ । चितवनमा २०५४ सालमा मध्यवर्ती क्षेत्रका समितिहरु बन्न सुरू भएका हुन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया