ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जमिन भारतको ः भाषा नेपालको

by चितवन पोष्ट
२०७१ बैशाख १७, बुधबार ००:५७ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

– सुमन गैरे
भौगोलिक दृष्टिकोणले सिक्किम राज्य भारतको अधीनमा रहे पनि बोलीचालीको मुख्य भाषा नेपाली छ । त्यहाँका मानिसहरुले आपसमा नेपाली भाषा बोल्छन् र लेख्छन् पनि ।
भारतका २८ वटा प्रान्तमध्ये सिक्किम स्वायत्त राज्य हो । त्यहाँका गुरूङ, मगर, चामलिङ, राई, लिम्बू, प्रधानी, भोटिया, लेक्चा, लाप्चे, मुस्लिमले नेपाली भाषालाई बोलीचालीको माध्यम भाषा बनाएका छन् । अन्य जातजातिले मातृभाषा बोले पनि नेपाली बोलेको बुझ्छन् । हामीले घरपरिवार नेपालबाट आएका दाजुभाइसँग नेपाली बोल्छौँ । विद्यालयमा पनि नेपाली र अंग्रेजी विषयलाई अनिवार्य बनाइएको छ ।– स्थानीय रमन चामलिङको भनाइ हो यो । त्यहाँको सरकारले विद्यालयमा कक्षा १० सम्म निःशुल्क पढ्न र पोशाक तथा खाजाको व्यवस्था मिलाएको चामलिङले जानकारी दिए ।
सरकारी कार्यालयहरुमा पनि नेपाली मूलका मानिसहरुको बाहुल्यता छ । रितेश गुरूङ सिकिम नगरपालिकाका सहायक प्रहरी निरीक्षक हुन् । उनको भनाइअनुसार कार्यालयहरुमा जाँदा पनि स्थानीय बासिन्दाले कर्मचारीसँग नेपाली भाषामै बोल्छन्, तर सरकारी कामकाजको भने अंग्रेजी भाषा रहेको छ । सरकारी कामकाजहरु बनाउँदा अंग्रेजीमा बनाउने गरेको गुरूङले बताए ।
भारतको स्वामित्वमा रहेको सिक्किम राज्यमा भारतीय नागरिकता लिएर बसेका मंगोलियनहरुले नेपालमा मनाइने सबै चाडपर्वहरु मनाउँछन् । हरेक चाडपर्वहरुमा रमाउँछन् पनि । हामीलाई सधैँ दसैँ आएजस्तो हुन्छ । दसैँ–तिहार पनि मनाउँछौँ, सबै लोसारमा पनि रमाउछौँ । त्यस्तै क्रिसमस, बुद्धजयन्ती पनि मनाउँछौ र मीठो–मीठो खान्छौँ, नाच्छौँ, गाउँछौ, बजाउँछौँ ।– स्थानीय टोम लामाले भने ।
सिक्किम राज्य नेपालको पहाडी भागसँग ठ्याक्कै मिल्छ । त्यहाँको भौगोलिक बनौट, डाँडाकाँडा, भीरपाखा, चट्टान बेँसी किसिमको छ । भौगोलिक रुपमा विकट देखिएता पनि विकासको रुपमा हेर्दा लन्डन सहरजस्तो छ, सिक्किम बजार । उकाली, ओराली, भञ्ज्याङ, बेँसी, डाँडा सबै ठाउँका मुख्य तथा सहायक सडकहरु पिच गरिएको छ । सबै बस्तीहरुमा बिजुली बत्ती र पिउने पानीको व्यवस्था मिलाइएको छ । सिक्किम सधैँ उज्यालो देखिन्छ, लाइन गएको पत्तै हुँदैन । बौद्धमार्गीहरुको बाहुल्यता रहेको हुनाले त्यहाँ बौद्ध स्तुप, गुम्बा र बौद्ध संग्रहालय मुख्य आकर्षण बनेका छन् ।
त्यहाँको जमिन चट्टानयुक्त छ । समथर जमिन पनि छैन, भीरपाखाहरु छन् । त्यसैले खेतीयोग्य जमिन छैन । सामान्य रुपमा आलु, फापर र कोदो खेती हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । भेँडा, च्याँङ्ग्रा र बंगुरपालन त्यहाँको व्यावसायिक पशुपालन हो । मुख्य अन्न चामल, गहुँ, मकै, दाल किनेर ल्याउनु पर्ने स्थानीय विकास तामाङले बताए ।
सिक्किमको मुख्य व्यवसाय नै पर्यटन हो । सिक्किमवासीका लागि पर्यटकहरु नै प्रमुख अन्नदाता हुन् । त्यहाँ प्रायः मानिसहरुसँगै ट्याक्सी, कार छन् । बिहान सबेरैदेखि बेलुका अबेरसम्म ट्याक्सी चलाउनु त्यहाँ युवाहरुको मुख्य काम हो । स्थानीय जितेन्द्र थापाले १६ वर्षदेखि ट्याक्सी चलाएर परिवार पालेका छन् । सिजनमा दिनमै तीन–चार हजार कमाइन्छ, अफ–सिजनमा मुस्किलले एक हजार हुन्छ ।– उनले भने । थापाको भनाइअनुसार वर्षात्को मौसम र जाडो सिजनका तीन–चार महिना पर्यटकहरुका लागि त्यहाँ घुम्न अनुकूल हुँदैन ।
छ्याङ्गेलेक सिक्किमको प्रमुख पर्यटकीय आकर्षण हो । त्यहाँ हिउँ परिरहन्छ, हिउँसँग रमाउन र हिउँ खेल्न बाह्य–आन्तरिक पर्यटकहरु त्यहाँ जाने गर्दछन् । नेपालबाट अहिले विभिन्न संघसंस्था समूहगत रुपमा हिउँसँग खेल्न र सिक्किमको विकास हेर्न जाने गरेका छन् । नेपाललगायत चीन, भारतका विभिन्न राज्य, बेलायत, अमेरिका, जापान, स्वीट्जरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, कोरिया, जापान, श्रीलंका, बंगलादेशलगायतका देशहरुबाट बर्षेनि पर्यटकहरु सिक्किम भित्रिने गरेको सिक्किम पर्यटन बोर्डले जानकारी दिएको थियो । छयाङ्गेलेक चीनको सिमाना हो । सिक्किम बजारबाट त्यहाँ पुग्न एक जना पर्यटकले ट्याक्सीमा दुई हजार भारतीय रूपैयाँ तिर्नुपर्छ । सार्वजनिक सवारी त्यहाँ पुग्दैन ।
छ्याङ्गेलेकबाहेक टाँसी भ्यू–पोइन्ट, गणेश मन्दिर सभागृह, झरना, मोनेस्ट्री, ह्याण्डीक्राफ्ट, प्राकृतिक फूलहरुको बगैँचा (फ्लावर सो) रिच पार्क, टिपीलोजी संग्रहालय, बौद्ध स्तुपा, गणेश टक, लासा फल्स पनि पर्यटकहरुका लागि आकर्षणका केन्द्र हुन् । सिक्किम बजार वरिपरि रहेका यी पर्यटकीय स्थलहरुमा पुग्न ट्याक्सीको प्रयोग गर्नुपर्छ, न कि सार्वजनिक सवारी उपलब्ध छन् । चार जना एउटा ट्याक्सीमा चढेर उक्त पर्यटकीय स्थलहरु घुमेर फर्कंदा ट्याक्सी चालकलाई एक हजार आईसी तिर्नुपर्छ । दुई घन्टाको अवधिमा उक्त स्थलहरु घुमेर फर्किन सकिन्छ । ट्याक्सी चालकहरु अधिकांश नेपाली मूलका मानिसहरु छन् ।
काँकडभित्तास्थित मेची पुल नेपाल–भारतको पूर्वी नेपालको उत्तरी सिमाना हो । उक्त पुलदेखि एक सय ४५ किलोमिटरको दूरी पार गरेर टाटासुमोमा सिक्किम बजार पुग्न सकिन्छ । बीचबाटोमा दार्जिलिङ र सिक्किम राज्यको सिमाना पर्छ, जहाँ नागरिकताको सक्कल प्रमाणपत्र बुझाएर जानुपर्छ । बढीमा एक महिनाभित्र फर्कने गरी पुर्जी लिएर सिक्किम प्रवेश गर्ने अनुमति–पत्र पाइन्छ ।
फर्किने बेलामा नागरिकता दिने सिक्किम सरकारको नियम रहेछ । उक्त जाँचपोष्टमा पनि नेपाली मूलका राम्रोसँग नेपाली बोल्न सक्ने कर्मचारीहरु नै थिए । स्मरण होस्, सिक्किममा सन् १९७५ अघि स्थायी बसोबासको प्रमाणपत्र लिएका व्यक्तिमात्रै स्थायी रुपमा बसोबास गर्न र उद्योग व्यापार गर्न पाउने सिक्किम राज्यको नियम रहेछ ।
सिक्किमबाट नेपाली भाषामा चार वटा दैनिक, ७ वटा साप्ताहिक र दुईवटा मासिक पत्रपत्रिकाहरु प्रकाशन हुने गरेका छन् । यसले पनि नेपाली भाषा संरक्षणमा टेवा पुगेको छ । सिक्किम पुगेर घुम्ने यो अवसर मलाई राष्ट्रिय मावि कृष्णपुरको हालैको शैक्षिक भ्रमणले जुटाइदिएको थियो ।

Related Posts

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

कोरोना डायरी : हात नमिलाउने घोषणा र लाखौँ मास्क वितरण

कोरोना डायरी : हात नमिलाउने घोषणा र लाखौँ मास्क वितरण

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

Discussion about this post

अन‌ि यो पनि

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
समाज

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली...

Read more
रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In