रत्ननगर । गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालवालिकालाई सोमबार आफनै घरमा सारिएको छ । २ वर्षदेखि रत्ननगरको जयमंगलामा घरभाडामा बस्दै आएका बालबालिकालाई रत्ननगर–१० मंगलपुरमा घर बनाएर सारिएको हो । जयमंगलामा रहँदा पञ्चकन्या उच्च माविमा पढदै आएका बालबालिकालाई आफनै घरमा सरेपछि मंगलपुरको पञ्चतेज ज्योति राप्राविमा भर्ना गरिएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो ।
सो विद्यालयमा ४० जना बालबालिकालाई भर्ना गरिएको उहाँले जानकारी दिनुभयो । भर्ना हुन आएका चेपाङ विद्यार्थीलाई विद्यालयले कपी कलम र टीका लगाएर स्वागतसमेत गरेको छ । विद्यालयका अध्यक्ष हरिप्रसाद गुरुङ र प्रधानाध्यापक रामबहादुर मगरले टीका लगाएर स्वागत गर्नुभएको थियो । केन्द्रले सहयोग संकलन गरी मंगलपुरमा ६ कोठे भवन निर्माण गरेको छ । ८ लाखको लागतमा निर्माण गरिएको सो भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको केन्द्रका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
केन्द्रको चेपाङ उत्थान अभियानअन्र्तगत अहिलेसम्म १५१ जना चेपाङ बालबालिकालाई विभिन्न स्थानमा राखी अध्ययन गराइएको केन्द्रका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
Discussion about this post