खेतबारी । रोटरी क्लब अफ नारायणगढको आयोजनामा सोमबार दाहाखानी गाविस ७ खेतबारीमा निःशुल्क बालस्वास्थ्य शिविर सम्पन्न भएकोे छ ।
शिविरमा १९५ जना बालबालिकाको स्वास्थ्य परीÔण गरिएको क्लबका अध्यक्ष सहनलाल प्रधानले बताए । परीÔण गरिएका बालबालिकामध्ये अधिकांशमा कुपोÈण, कम तौल भएका र घाउ खटिराको समस्या देखिएको शिविरमा खटिएका बाल रोग विशेÈज्ञ डा. सन्जोक श्रेष्ठले बताए । विविध कारणले स्वास्थ्य सेवाबाट वञ्चित खेतबारीका बालबालिकालाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले रोटरी क्लब अफ नारायणगढले बालबालिकालाई नै केन्द्रित गरी शिविर राखेको क्लबका अध्यÔ सहनलाल प्रधानले बताए ।
गाउँमै शिविर सञ्चालन गरेकाले धेरै बालबालिकामा राहत मिलेको राष्ट्रिय प्राथमिक विद्यालय खेतबारीका प्रधानाध्यापक प्रेमबहादुर बरालले बताए । विद्यालय आउनेमध्ये हरेक दिन २ देखि ३ जना बालबालिकामा बेहोस् हुने समस्या भएको उनको भनाइ थियो ।
शिविरमा भरतपुर अस्पतालका बालरोग विशेÈज्ञ डाक्टर सञ्जोक श्रेष्ठ र मौलाकालिका अस्पतालका बालरोग विशेÈज्ञ डाक्टर रविन बानिया“ले स्वास्थ्य परीÔण गरेका थिए । शिवीरका लागि क्लबका संस्थापक अध्यÔ निरञ्जन प्रधान, निवर्तमान अध्यÔ रमेश पौडेल, पूर्वअध्यÔ विशाल श्रेष्ठ, मनोज प्रधान रोटरियन नारायण प्रधान, सुसन प्रधान, राजेन्द्र ओली, रमेश पौडेल रोट्रयाक्ट क्लब अफ नारायणगढका पदाधिकारीहरु प्राविधिक र डाक्टर गरी ३२ जनाको टोली खेतबारी पुगेको थियो ।
रोटरी क्लब अफ नारायणगढले खेतबारीलाई रोट्ररी सामुदायिक गाउँ बनाउन लागेको अध्यक्ष प्रधानले बताए ।
Discussion about this post