नारायणगढ । आगामी जेठ २ गते रिलिजको तयारीमा रहेको फिल्म ‘आवारण’ को प्रचारप्रसारको लागि फिल्मको निर्देशकसहितको एक टोली मोफसल निस्किएको छ ।
टोलीले आइतबार चितवनको नारायणगढमा पत्रकार सम्मेलन गरी फिल्मको सिडी, पोस्टर तथा टिसर्ट वितरण गरेको छ । फिल्मका निर्देशक सुवास कोइराला, नायिका प्रियंका कार्की र निर्माता रोजन श्रेष्ठको टोली, नारायणगढ, बुटवल, धरान र पोखरासम्म पुग्ने जनाएको छ । आइतबारबाट सुरू भएको चार दिने उक्त प्रचारप्रसारबाट फिल्मको बारेमा दर्शकमाझ अझ धेरै जानकारी पुग्ने निर्देशक सुवास कोइरालाले बताए । सुवास कोइराला निर्देशित फिल्ममा अनिल योञ्जनसँगै यसमा लक्ष्मी लामा, सविता राई, पवित्रा योञ्जन, रोजन श्रेष्ठको संयुक्त लगानी रहेको छ । फिल्ममा प्रियंका कार्की, नरेश पौड्याल, दिव्य देव, सुशीलराज पाण्डे, रवि गिरी, रश्मी भट्ट, सुनिता ठाकुर, सिमोनजंग पाण्डे, अनुभव रेग्मीलगायतको अभिनय रहेको छ ।
Discussion about this post