देवघाट । देवघाटस्थित समाज कल्याण परिसरमा रहेका वृद्धवृद्धालाई सहभोज र दक्षिणा एवम् टीकाटाला साथ खाद्यान्न वितरण गरिएको छ । वृद्धा आश्रममा श्रद्धा विषयक कार्यक्रम पनि भएको छ । एचपीएमएस ग्रुपले खाद्यान्नको सहयोग गरेको हो ।
आमाको मुख हेर्ने औंसीको अवसरमा फेन्सी साकोषले कार्यक्रमको आयोजना गरेको हो । सहकारी प्रशिक्षण कार्यालयका प्राचार्य केशवबहादुर थापा प्रमुख अतिथि रहेका कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशी, उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष चिरञ्जीवी सुवेदी, फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष हरि शर्मा पौडेल, संस्थाका सल्लाहकार प्रद्युम्न सापकोटा, देवघाट क्षेत्र विकास समितिका कार्यकारी अधिकृत जयकृष्ण सुवेदीलगायतले बोलेका थिए । संस्थाका कार्यक्रम संयोजक हेमराज पौडेलले संयोजन गर्नुभएको सो कार्यक्रम संस्थाका अध्यक्ष विजय प्रकाश तण्डुकारको अध्यक्षतामा सम्पन्न भएको हो ।
Discussion about this post