अन्यायविरूद्ध योद्धाहरु (कविता)

अन‌ि यो पनि

तिमी बसेर दरबारमा
लगायौ आगो
सुकुमबासीका घरबारमा
याद गर शासकहरु हो
रगत अझै आलै छन्
वर्गीय योद्धाको तरबारमा ।

हिजो पनि लडेकै हो
अन्यायविरूद्ध डढेकै हो
मै हुँ भन्ने राजाहरु नि
माटोमुनि नै सडेकै हो ।

अझै हाम्रो
मुक्तिका यात्राहरु
रोकिएका छैनन्
सहिदका रगतहरु
पोखिएका छैनन्
परे फेरि बलिदान दिन्छौँ
निस्क्यो गोली बन्दुकबाट
थाकिएको छैन ।

भ्रष्टाचार गर्दा पनि
ताली बजायौ
देश बेचिँदा पनि
फूलमाला लगायौ
हुँदा हुँदा आफ्नै
घर पनि खरानी भयो ।

अब के रह्यो र साइँला
धैर्यताको बाँध भत्किसके
अन्याय र अत्याचारले
सीमा नाघिसके
जतासुकै बन्दुकहरु
बर्सेका छन् गोली
सहँदै जाने हो भने
अझै ज्यादती गर्नेछन् भोलि
परि आए फेरि
बग्छन् रगतको खोली ।

विश्वास गर
एकदिन अवश्य
हाम्रो विजय हुनेछ
हाम्रा वीरहरुको
जयजयकार हुनेछ
वर्गीय दुश्मनहरुको
पराजय हुनेछ
अनि,
सहिदको सपना
निश्चित पूरा हुनेछ
हामीसँग सारा हुनेछ
सबैको स्वरमा
विजयको नारा हुनेछ
हाम्रो क्रान्ति
चम्किरहने तारा हुनेछ ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया