रत्ननगर । वातावरण स्वच्छ राख्न सहयोगी मानिने भ्यागुता संरक्षण गर्न सुरू गरिएको छ ।
भ्याकुताको संरक्षणको लागि सरकारी ध्यान पुग्न नसकेको भएपनि गैरसरकारी संस्थाहरुले यसको संरक्षणको प्रयास सुरू गरेका छन् । ‘प्रकृतिका साथीहरु’ नेपाल नामक संस्थाले भ्याकुताको संरक्षणको लागि समुदायमा जनचेतना फैलाउने काम गरेको छ ।
आइतबार जनचेतनामूलक कार्यक्रमअन्र्तगत रत्ननगरमा सञ्चारकर्मीहरुका लागि कार्यशाला गरिएको छ । भ्यागुताले पर्यावरणीय सन्तुलन, सांस्कृतिक सम्बन्ध, खाद्य चक्रको अभिन्न अंग, कृषकहरुको मित्र, पारस्परिक औषधिको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।
मानव जीवन, वातावरण सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेल्ने भ्यागुता अन्नबाली र तरकारीमा विषादीको बढ्दो प्रयोगले संरक्षणमा चुनौती देखिएको छ । नेपालमा ४ प्रजातिका भ्यागुताहरु लोपोन्मुख अवस्थामा रहेको छ । कार्यशालामा नेपालमा पाइने ११ प्रजातिका रैथाने भ्यागुतामध्ये ४ प्रजातिका भ्यागुता लोपोन्मुख अवस्थामा रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
मानवीय र जलवायु परिवर्तनका कारण भ्यागुताहरु लोप हुन लागेको ४ वर्षदेखि भ्यागुताको अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता विराज श्रेष्ठले जानकारी दिनुभयो । अत्यधिक शिकार, व्यापक किटनाशक औषधिको प्रयोग, जलवायु परिवर्तनलगायतका कारण भ्यागुता लोप हुने अवस्थामा रहेको उहाँले बताउनुभयो ।
नेपालमा प्रतिबन्धित एट्राजिन रसायनका कारण भ्यागुतामा लैंगिक परिवर्तन
(भालेबाट पोथी हुन) मा नकारात्मक प्रभाव पार्दछ । एट्राजिनअन्तर्गत रसायनजिन, सोलारो, स्टाइक र सूर्यजिन पर्दछ । यस्ता औषधिको प्रयोग बालीनालीमा अत्याधिक हुने गरेका कारण भ्यागुताको संरक्षणमा चुनौति देखिएको श्रेष्ठले बताउनुभयो । मेडिकल अनुसन्धान गर्दा भ्यागुताको चिरफार गर्ने गरिएका कारण पनि यो प्रजाति संकटापन्न अवस्थामा पुग्ने खतरा बढेको उहाँको भनाइ छ ।
Discussion about this post