भरतपुर । पश्चिम चितवनको शिवनगरका एक वृद्धले गरिबीका कारण आत्महत्या गरेका छन् । शिवनगर–५ निवासी ६६ वर्षका सुकबहादुर दर्जीले गरिबीका कारण आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनी बिरामी रहेको र घरको आर्थिक अवस्था कमजोर भएका कारण पीडा थेग्न नसकी आत्महत्या गरेको बताइएको छ । उनका दुई छोरा भने अलग्गै बस्दै आएका छन् । श्रीमतीको पहिले नै मृत्यु भइसकेको बताइएको छ । स्थानीयका अनुसार उनी सधँै मदिरा सेवन गर्ने गर्थे ।
श्रीमतीको मृत्युपछि एक्लो जीवन बिताइरहेका दर्जीले शनिबार झुन्डिएर आत्महत्या गरेका हुन् । उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । प्रारम्भिक चरणमा गरिबी कारण देखिए पनि घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई वर्षअघि पनि चितवनको माडीमा गरिबीका कारण आफ्नो सन्तानलाई दसैँमा मासु खुवाउन नसक्दा १२ सन्तानका बुबा धनबहादुर परियारले आत्महत्या गरेका थिए । नेपालमा पछिल्लो समयमा आत्महत्याको दर बढ्दो छ ।
Discussion about this post