भरतपुर । नेपाल विद्यार्थी संघ मैयादेवी कन्या कलेज इकाइ समिति, भरतपुरको आयोजनामा कलेजको संरक्षक एवम् समाजकी अग्रणी आमा मैयादेवी श्रेष्ठको मुख हेर्ने कार्यक्रम सम्पन्न भएको छ । श्रेष्ठको निवास नारायणगढमा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुले मुख हेर्न गएका थिए । सो अवसरमा श्रेष्ठले विद्यार्थीहरुलाई शैक्षिक सफलताको कामना गरेकी थिइन् ।
इकाइ सभापति कल्पना पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा इकाइ उपाध्यक्ष विनिता चापागार्इंले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य टंकनाथ पौडेल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कल्पना नेपाली, इकाइ सहसचिव प्रनिशा गुरूङलगायतले मन्तव्य राखेका थिए । –मोनिका रेग्मी (प्रशिक्षार्थी)
Discussion about this post