नारायणगढ । आँखा उपचार केन्द्र (भरतपुर चस्मा पसल) द्वारा आयोजित श्रीमद्भागवत विश्वजागरण शालग्राम धार्मिक महा–महोत्सव कार्यक्रम नारायणी नदी किनारमा सम्पन्न भएको छ ।
कार्यक्रममा देशभरिबाट आएका पाहुना वृद्धवृद्धाहरुलाई निःशुल्क नेत्र परीक्षण तथा निःशुल्क औषधि वितरण गरियो । जसमा १९७ जना नेत्र परीक्षण गरिएकामध्ये ३९ जना मोतियाविन्दु, ७८ जनालाई दृष्टिदोष अर्थात् चश्माको आवश्यक पर्ने देखियो र बाँकी ८० जनालाई सामान्य औषधि वितरण तथा उपचारका लागि भरतपुर आँखा अस्पताल जान सल्लाह दिइयो । भरतपुर आँखा उपचार केन्द्रका जितेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त कार्यक्रममा वरिष्ठ नेत्र अधिकृत विमल पौडेल र जितेन्द्रकुमार श्रेष्ठसहित ६ जनाको प्राविधिक टोलीले सम्पन्न गरेको थियो ।
(प्रशिक्षार्थी ः अमृता श्रेष्ठ)
Discussion about this post