नवलपरासी । कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेर्लड नवलपरासीले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी एकदिने अभिमुखीकरण तालिम संचालन गरेको थियो । अमर बहुउद्देश्यीय सहकारी संस्था लि अमरापुरीको सभाहलमा भएको तालिममा सोही संस्थाका अध्यक्ष यमलाल कँडेलले अध्यक्षता गर्नु भएको थियो । अमरापुरीका तीन दर्जन युवायुवतीलाई प्रशिक्षक सेर्लड क्षेत्रीय संयोजक सीताराम अधिकारी, कानुनी सहायता वकिल मित्रलाल लामिछाने र पत्रकार विद्रोही गिरीद्वारा प्रशिक्षण दिइएको थियो । एकातर्फ विदेश नगई आफ्नै भूमिमा सुन फलाउन सकिने र अर्कोतर्फ विदेश जाने नै भएपनि विदेश जानुपूर्व आफ्नो देशको कानुनले तय गरेका निश्चित प्रक्रिया पूरा गर्नुपर्ने बताइएको थियो । उक्त तालिममा समसामयिक अवस्था, वैदेशिक रोजगारीको आवश्यक र प्रक्रिया, वैदेशिक रोजगारी ऐन २०६४का नियमावलीका बारेमा प्रष्ट्याइएको थियो ।
–कमला अधिकारी अमरापुरी
Discussion about this post