ADVERTISEMENT
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पूर्वराजा ज्ञानेन्द्रको चितवन भ्रमण

by चितवन पोष्ट
२०७१ बैशाख १५, सोमबार ०१:११ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

पूर्वराजा ज्ञानेन्द्र शाह दुईदिने चितवन भ्रमण गरी फर्किएका छन् । शुक्रबार र शनिबार चितवनका धार्मिक क्षेत्र तथा जनतासँग भेटघाटमा व्यस्त रहेर उनी फर्किएका हुन् । उनलाई चितवनका हजारौँ जनताले श्रद्धापूर्वक स्वागत तथा सम्मान गरेका थिए । उनले शुक्रबार रत्ननगर, खोलेसिमल, जुटपानी र पदमपुरमा गुम्बा तथा मन्दिरको दर्शनका क्रममा शुभेच्छुकहरुसँग भेटघाट गरेका थिए । भ्रमणका क्रममा पूर्वराजाले ‘जनताले चाहे राजसंस्था फर्कन सक्ने’ संकेत गरेका थिए । देशमा बढ्दै गएको अन्योल र अराजकता कायमै रहे र जनताले आफ्नो भूमिका चाहे राजसंस्था फर्कन सक्ने उनले प्रस्ट पारेका थिए । पूर्वराजाले सबै जातजाति, वर्ग, सम्प्रदायको हित तथा संरक्षण हुने संविधान बनोस् भन्ने शुभेच्छासमेत व्यक्त गरे । मुलुकमा शान्ति र अमनचयन स्थापना गर्न दलहरु असफल भएकोमा उनले चिन्ता प्रकट गरेका थिए । जनताको खुसीका लागि आफूले ‘राजगद्दी’ छाडे पनि फेरि जनताले चाहे देशलाई निकास दिन तयार रहेको उल्लेख गरेका थिए ।
पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान नेपालले नारायणी कला मन्दिरमा आयोजना गरेको ‘राष्ट्र, राष्ट्रियता र आजको सन्दर्भ’ विषयक विचार गोष्ठीमा पनि ज्ञानेन्द्रले जनताको चाहनाअनुरुप आफू काम गर्न तयार रहेको दोहो¥याएका थिए । एउटा संयोग नै मान्नुपर्छ, आठौँ लोकतन्त्र दिवसकै भोलिपल्ट पूर्वराजाले धार्मिक क्षेत्रहरुको भ्रमणका नाममा जनतासँग जसरी प्रस्तुत भए, त्यो उनको ठाउँमा जायज नै मान्नुपर्ने हुन्छ । किनभने, जनताको चाहनाको पछाडि कोही कसैको केही लाग्नेवाला छैन भन्ने दृष्टान्त पटकपटक देखिइसकेको छ । हिजो ‘प्रतिगमन मुर्दावाद’को नारा लगाउँदै उन्नाइस दिने आन्दोलनमा होमिएका दलका कायकर्ताहरु स्वयम् धनुष्टङ्कार शैलीमा पूर्वराजाको स्वागतमा देखिन्छन् भने जनताले ‘राजा आऊ देश बचाऊ’को नारा लगाउनु अन्यथा मान्नुपर्दैन । कम से कम पूर्वराजाले ‘पुर्खाले खडा गरेको, वीर–वीरंगनाहरुले जोगाएको र विद्वान्, चिन्तक र दूरदर्शी सर्जकहरुले सँगालेको नेपाल अटल, अखण्ड र अविभाज्य रहिरहोस्’ भन्ने कामना त गरिरहेका छन् ।
आज नागरिकसरहका पूर्वराजासँग जनताले शान्ति सुरक्षा, महँगी बढेको, संक्रमणकाल लम्बिएको, दण्डहीनताले सीमा नाघेको र देश दिशाहीन भएको गुनासो पोखेर राजसंस्थाको अभाव खट्किएको सन्देश दिइरहेका छन् । पूजाआजाका नाममा जनताको राय बुझ्ने, अभिनन्दन ग्रहण गर्ने र राष्ट्रिय एकता र अखण्डताको नाम दिएर जनतालाई आकर्षित गर्ने अभियानमा पूर्वराजा सक्रिय भएको घामझैँ छर्लङ्ग छ । मुलुकमा जनआन्दोलनपश्चात् राजतन्त्रको विधिवत् अन्त्य गरी गणतन्त्र घोषणा भइसकेको स्थिति छ । तर, दलप्रति जनताको कतिसम्म वितृष्णा रहेछ भन्ने ज्ञानेन्द्रको भ्रमणमा जनताले देखाएको शुभेच्छाबाटै स्पष्ट भएको छ । उनले  अनपढले पनि सजिलै बुझ्ने भाषा प्रयोग गरी ‘जनताले चाहे राजसंस्था फर्किन सक्ने’ उद्घोष गरे । यो अभिव्यक्ति गणतन्त्र नेपालका नेता भनिनेहरुका लागि खुल्ला चुनौती हो । जनताले चाहे देशमा आँधीहुरी आउन सक्छ, विद्रोह–आन्दोलन हुनसक्छ र, ज्ञानेन्द्रहरुको पुनरागमन पनि हुनसक्छ । यसतर्फ दलहरुले गम्भीरतापूर्वक मनन् गर्नु जरूरी छ ।

Related Posts

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

जो बाइडनको कार्यकालबाट अपेक्षा

Chitwan Post

अस्वाभाविक मूल्य वृद्धि

Chitwan Post

बर्ड फ्लु भित्रिन नदिन उच्च सतर्कता

Discussion about this post

अन‌ि यो पनि

विद्यालयलाई युथ क्लबको सहयोग
प्रमुख समाचार

६ महिनामा २१ प्रतिशत मात्र जिल्लाको विकास खर्च

चितवन, ९ माघ । जिल्लामा विकास निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन । चालु...

Read more
साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा कोभिड–१९ को कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In