भरतपुर । लियो क्लब अफ भरतपुरको शनिबार सम्पन्न १३ औं अधिवेशनले सन्तोष मजाकोटीको अध्यक्षतामा वर्ष २०१३÷१४ का लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमिति प्रथम उपाध्यक्षमा रीता सापकोटा, द्वितीय उपाध्यक्षमा मनोज खड्का, तृतीय उपाध्यक्षमा राहुल कुँवर चयन भएका छन् । त्यस्तै सचिवमा विकल घिमिरे, कोषाध्यक्षमा सनराइज अधिकारी, सहसचिवमा अनुप भुजेल र सर्जु ढकाल, सहकोषाध्यक्षमा विकास कार्की, पीआरओमा विनेस सुवेदी र टेल ट्वीस्टरमा रवीन्द्र शर्मा चयन भएका छन् ।
अधिवेशन वर्ष २०१२÷१३ का अध्यक्ष कीर्तिराज तिवारीको अध्यक्षता तथा लायन्स क्लब अफ भरतपुरका संस्थापक अध्यक्ष दीपककुमार राणाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा क्लब एडभाइजर माधव पोखरेल, पूर्वअध्यक्ष अनुजराज पन्त, लियो जिल्ला परिषद् ३२५ बी(२ का पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्वअध्यक्षहरु देवेन्द्रराज रेग्मी, ऋषिकेश रेग्मी र अनित दवाडी, रिजन ३ संयोजक सुजन अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Discussion about this post