जनमुक्ति पार्टी एमसिसीविरूद्धमा

अन‌ि यो पनि

नवलपरासी । राष्ट्रिय जनमुक्ति पार्टी पनि एमसिसी सम्झौताको विपक्षमा देखिएको छ । जनमुक्तिले देशभर प्रदर्शन गर्ने क्रममा नवलपुरको कावासोतीमा पनि एमसिसीविरूद्धमा प्रदर्शन गरेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी नवलपुरले मंगलबार कावासोतीको फलफूल चोकमा विरोध सभा गरेको हो । विरोध सभामा राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद् सदस्य नरबहादुर ठाडा, संघीय महासभा सदस्य केयर सिंह, जिल्ला संगठन सचिव शत्रुघन थापालगायतले मन्तव्य दिए ।

जनुमक्ति पार्टीले एमसिसी राष्ट्रघाती सम्झौता भएको भन्दै कुनै पनि हालतमा संसद्बाट पास हुन नहुने, कोरोना नियन्त्रणको नाममा स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको अख्तियार दुरूपयोग अनुसन्धानबाट छानविन हुनुपर्ने र कोभिड १९ नियन्त्रणका लागि सरकार एक्लैको प्रयासले नपुग्ने भएकाले सर्वपक्षीय संयन्त्र बनाएर काम गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

जिल्ला सचिव ओम थापाको सञ्चालनमा भएको कार्यक्रम जिल्ला अध्यक्ष तिलबहादुर झेडीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले डलरको लोभमा एमसिसी सम्झौतालाई अनुमोदन गरिए नेपाल सधैंभर अमेरिकाको दास हुनुपर्ने बताए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया