बलात्कार आरोपमा ७ वर्ष कैद फैसला

अन‌ि यो पनि

भरतपुर । २१ बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनले पोखरा महानगरपालिका १० घर भएका ६१ बर्षीय श्रीमान गुरुङलाई ७ वर्ष कैद हुने सजाय सुनाएको छ । त्यस्तै पीडकबाट १३ सय रुपैया पीडित राहत कोषमा जम्मा गर्ने भनी फैसला भएको छ ।

न्यायाधीश केशव अधिकारीको इजलासले मंगलबार उक्त फैसला गरेको चितवन अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले बताए । पीडित युवतीलाई इच्छाकामना गाउँपालिका ४ लेवाटारमा बोलाई मनकामना रिर्सोट नामको होटल लजमा आरोपीत गुरुङले ०७६ चैत ३ गते बलात्कार गरेको भनी इलाका प्रहरी कार्यालय मुग्लिनमा उजुरी परेको थियो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया