जन्मदिनमा रामजानकी आश्रममा खाना

अन‌ि यो पनि

देवघाट । रत्ननगर १२ का किशोर बगालेले मंगलबार देवघाटस्थित श्री रामजानकी बालिका आश्रममा आश्रित बालिकाहरूलाई खाना खुवाएका छन् । १० वर्षमा प्रवेश गरेकी छोरी कृतिकाको जन्मदिनको अवसरमा साँझ–बिहानको भोजनसहित नगद तथा जिन्सी सहयोग गरेका हुन् ।

कृतिका बगाले रत्ननगर १३ स्थित शिक्षा विकास इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्यनरत छिन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिवसमेत रहेका बगालेले जन्मदिनलाई पश्चिमी शैलीअनुसार मनाउनुभन्दा नेपाली मौलिक संस्कृतिलाई जोड दिने उद्देश्यले आश्रममा आश्रित बालिकाहरूलाई एक दिनको खाना खुवाएर मनाइएको बताए ।

जन्मदिन मनाउन बगाले श्रीमतीसहित परिवार लिएर आश्रम पुगेका थिए । आश्रमलाई आवश्यक परेको खण्डमा व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्ने उनले बताए । जन्मदिनको अवसरमा आश्रममा रहेका बालिकाहरूले हिन्दु धर्मअनुसार विभिन्न खालका मन्त्र उच्चारण गर्दै शुभकामना दिएका थिए ।

लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित उक्त आश्रममा करिब ३० जना बालिकाहरू आश्रित छन् । आश्रमकी अध्यक्ष सावित्री टण्डनका अनुसार कसैको जन्मदिन, कसैको पुण्य तिथी तथा कसैको विवाह उत्सव आदि कार्यक्रमबाटै आश्रम सञ्चालन भइरहेको छ । आश्रमको आफ्नै भव निर्माणको चरणमा छ ।

आश्रमले ६ महिनादेखि ६ वर्षसम्मका बालिकाहरूलाई आश्रय दिँदै आइरहेको उनले बताइन् । बालिकाहरूले हाल सीताराम संस्कृत माविको छात्रावासमा आश्रय लिइरहेका छन् । आश्रम निर्माणको क्रममा रहेकाले भौतिक तथा आर्थिक सहयोग गर्न चाहनेहरूका लागि बाटो खुला रहेको आश्रमकी अध्यक्ष टण्डनले बताइन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया