भरतपुर १६ कोे क्वारेन्टाइनमा ४३ जना

अन‌ि यो पनि

विजयनगर । भरतपुर महानगरपालिका वडा नं १६ को क्वारेन्टाइनमा विदेशबाट तथा देशकै अन्य भूभागबाट घर फिर्ता आएका ४३ जनालाई राखिएको छ ।

भरतपुर १६ का पुरानो गाविस भवनमा १८ जना, रेडक्रस भवनमा ४ जना र होम क्वारेन्टाइनमा २१ जना रहेको वडाध्यक्ष हमालले जानकारी दिए ।

उनीहरु सबैलाई भरतपुर महानगरको समन्वयमा १४ दिने क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष हमालले बताए । उनले भने, विदेशबाट आउनेहरु केही घरकै होम क्वारेन्टाइनमा बस्छौँ, सबै मापदण्डअनुसार गर्छौँ भनेपश्चात् वडाकै निगरानीमा व्यवस्थापन गरिएको छ ।’

वडा नं १६ कै मातहतमा रहेको पुरानो गाविस भवनमा सोमबार गरिएको स्वाब परीक्षणमा कुवेत र दुबईबाट आएका दुई जनामा पोजेटिभ देखिएको र उनीहरुलाई भरतपुर आइसोलेसनमा पठाइएको उनले बताए । उनीहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका हुन् । यसअघि पनि कोरोना पोजेटिभ देखिएकालाई भरतपुर अस्पताल पठाइसकिएको उनले भने ।

मंगलबार ८ जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको छ । अन्यको अवस्था सामान्य देखिएको छ भने आठ जनामा कोरोना भाइरसको लक्षण देखिएकाले परीक्षण गर्न लागेको उनको भनाइ छ ।

हालसम्म वडा नं १६ मा पुरानो गाविस भवनमा १५ सिट, रेडक्रस भवनमा ७ सिट र चारपाते युवा समाज विजयनगरमा १३ सिट क्षमताको बेड तयार गरिएको छ । अरु सिट क्षमता थप गर्ने व्यवस्थापन भइरहेको उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया