शुक्रनगरका बोटे समुदायलाई चिटिक्कका घर

अन‌ि यो पनि

शुक्रनगर । भरतपुर २५ शुक्रनगरका अमृत बोटे यतिबेला दङ्ग छन् । राप्तीको किनारमा छाप्रो हालेर बसिरहेका बोटेले नयाँ घर पाएसँगै दङ्ग परेका छन् । उनको परिवार सोमबारदेखि राप्ती किनारको छाप्रोबाट गैरी बोटे टोलमा बनेको नयाँ घरमा सरेको छ ।

अमृत बोटेको परिवारमात्र होइनन्, राप्ती किनारमा छाप्रोमा बसेका उनीजस्ता विपन्न दस परिवारले नयाँ घर पाएका छन् । नयाँ घर पाउनेहरुमा दिनेश बोटे, विजय बोटे, मैती बोटे, सन्तबहादुर बोटे, सुरेश बोटे, आइतराम बोटे, फूलमाया बोटे र आशिक बोटेका परिवार छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अति सीमान्तकृत समुदाय बोटे परिवारलाई सोमबार घर हस्तान्तरण गरेकी छन् । उनले दस बोटे परिवारलाई घर हस्तान्तरण गर्दै अन्य सीमान्तकृत समुदायलाई घर निर्माण गर्दै जाने बताइन् ।

महानगरले जनता आवास कार्यक्रमअन्तर्गत संघ र भरतपुर महानगरपालिकाको ६१ लाख ९५ हजार रूपैयाँको लागतमा घर निर्माण गरिएको हो । निर्माण गरिएको घरमा माथि जस्ताको छानो छ । दुई कोठा, अगाडि बरन्डा छ । सबै दस घर एउटै मोडेलका छन् ।

भरतपुर २५ का वडाध्यक्ष विजय भुजेलले तराई मधेस जनता आवास कार्यक्रममार्फत भरतपुर महानगरपालिकाको सहयोगमा विपन्न बोटे समुदायलाई घर निर्माण गरिएको बताए । उनले भने, ‘यहाँ राप्तीको किनारमा बसेका ५९ घर परिवारमध्ये दस परिवारलाई घर निर्माण गरियो, अन्य सीमान्तकृत विपन्नलाई आगामी वर्ष घर निर्माण गरिने तयारी महानगरको छ ।

महानगरपालिकाले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिरहेको छ । महानगरपालिकाले संघीय सरकारसँग सहकार्य गर्दै महानगर क्षेत्रभित्रबाट खरको छानो हटाउने अभियानसमेत सञ्चालन गरिरहेको महानगरप्रमुख दाहालले बताइन् ।

भरतपुर २७ स्थित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिभावकत्व ग्रहण गरेका अरूण माझी पनि यतिबेला नयाँ घरमा छन् । अरूणका बुबा राजकुमार आफ्नो चिटिक्कको घरमा बस्न पाउँदा फुरूङ्ग भएका स्थानीय श्याम अधिकारी बताउँछन्

उनका अनुसार भरतपुर २७ मा मुसहर समुदायका पाँच घर बन्ने भनिए पनि अरूण माझीको घरमात्र सम्पन्न भएको छ । उनले भने, ‘यहाँ जनता आवास कार्यक्रममार्फत पाँच घर निर्माण हुने भनिएको थियो, अरूण माझीको घर बनेर उनीहरुको परिवार नयाँ घरमा सरेको छ, अन्यको बन्न सकेको छैन ।’ उनले अन्य विपन्नको लागि घर बनाउन सूची तयार भएको बताए ।

भरतपुर २७ र २८ मा बस्ने मुसहर समुदाय ऐलानी जग्गामा बसोबास गर्छन् । उक्त ऐलानी जग्गा वन क्षेत्रमा नै पर्छ । जनता आवास कार्यक्रममार्फत घर बन्ने भनिए पनि उनीहरुको हालसम्म लालपुर्जा छैन ।

महानगरप्रमुख दाहालका अनुसार भरतपुर–१३ र १६ मा पनि विपन्न समुदायको लागि घर निर्माण भइरहेको छ । महानगरले प्रतिघर तीन लाख रूपैयाँ खर्च गरेर विपन्न मुसहर समुदायमा घर निर्माण थालेको हो । जस्ताको दुईपाखे छानो भएको तीन कोठाको घर बन्ने छ । ब्लकको गारो र अगाडि–पछाडि पाली रहने छ ।

भरतपुर २५ विपन्न परिवारलाई हस्तान्तरण गरिएको घर ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया