रत्ननगर । रत्ननगर नगरपालिका वडा नं. २ स्थित हाइस्कुल रोड टोल विकास संस्थाको चौथो साधारण सभा अध्यक्ष मीनबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ । रनपाका लेखा अधिकृत सीताराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रताप डल्लाकोटी, रमेशलाल ताम्राकार, कृष्णप्रसाद डोटेललगायतले मन्तव्य राखेका थिए ।
सभाले सुरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसमा सचिव जनक ढुंगाना, कोषाध्यक्ष तारा गुरुङ र सम्पूर्ण टोलवासी सदस्य रहेका छन् । यस्तै, गंगा श्रेष्ठको संयोजकत्वमा लेखा समिति चयन भएको छ । समितिका सदस्यहरुमा निर्मल दुवाडी, जयन्ती खनाल, निरञ्जन दर्नाल र लालबहादुर रहेका छन् ।
–मीना श्रेष्ठ (प्रशिक्षार्थी)
Discussion about this post